मन्त्रीमण्डलमा नयाँ अनुहार थपिए, सपथकाे तयारी हुँदै

-



     सफल आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित



काठमाडाैं, १० पुस । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थप गरेका छन्।

पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ मन्त्रीको सूचीमा रहेका छन् ।

त्यस्तै पूर्व एमालेबाट प्रेम आले, गणेश ठगुन्ना र विमला विकको नाममा छलफल भएको छ । सूचीमा भएका एकदुई जना फेरबदल हुनसक्ने सम्भावना रहेकाे छ । नवनियुक्त मन्त्रीहरूको सपथ आजै राष्ट्रपति कार्यालयमा हुने तयारी रहेकाे बताइएकाे छ।