
काठमाडौं, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग वार्ता गर्नका लागि सरकारी वार्ता टोली गठन गरेको छ । वार्ताका लागि आज सरकारको तर्फबाट वार्ता टोलीमा रहेका दुइजनाकाे नाम सार्वजनिक गरिएको हो ।
सरकारी वार्ता टोलीमा गृहमन्त्री राम बहादुर थापा ‘वादल’ तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा आयोजना गरिएको नेकपाकाे प्रदेशस्तरिय कार्यकर्ता भेलालाई संवोधन गर्ने कार्यक्रममा उनले विप्लव नेतृत्वका एक नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका थिए । विप्लवसंगको वार्ताका लागि खानेपानीमन्त्री मणि थापाले उल्लेखनिय भूमिका निर्वाह गरेका बताइएकाे छ ।
यसअघि विप्लवले फागुन ८ गते बिज्ञप्ति प्रकाशित गरी सरकारसंग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको बताएका थिए । उनले पार्टीले क्रान्ति राष्ट्रका लागि, समाजका लागि, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको उल्लेख गरेका थिए
महासचिव विप्लवले बिज्ञप्तिमा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसंग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं भनेका थिए ।
याे पनि पढाैं ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



