
काठमाडौं, १५ पुस । सरकारले आजदेखि लागू गर्ने भनिएको विदेशबाट मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि लागू नहुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट ल्याइने मोबाइल फोनमा गर्न लागिएको कडाइ अहिलेका लागि कार्यान्वयनमा नल्याउन निर्देशन दिएपछि तत्कालका लागि यो नियम स्थगित भएको बुझिएको छ । प्रधानमन्त्री दाहालले नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि तत्काल यो सेवा कार्यान्वयनमा नल्याउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको निर्देशन आएका कारण शुक्रबारदेखि पूर्ण रूपमा लागू गर्ने भनिएको एमडिएमएस प्रणाली अनिश्चितकालको लागि स्थगित भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । यसैगरी भन्सार विभागले प्रधानमन्त्रीको निर्देशन अनुरुप नै विमानस्थल भन्सार कार्यालयलाई आजबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले आज पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम पूर्ण रुपमा लागू गर्ने र विदेशबाट आउनेले आफूले बोकेको बाहेक अर्को एउटा मोबाइलभन्दा बढी ल्याउनुपरेमा भन्सारबाट प्रज्ञापन पत्र लिनुपर्ने व्यवस्था गर्नेगरी केही दिनअघि सूचना जारी गरेको थियो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार आजबाट विदेश बाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन गरिएको छैन । बिहीबार बेलुका नयाँ लागू गर्न खोजिएको व्यवस्था कार्यान्वयन नगर्न निर्देशन आएकोले प्रज्ञापनपत्र नदिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्रोतको भनाइ छ ।
सम्बन्धित समाचार
पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल
विदेशबाट कति वटा मोबाइल ल्याउँदा प्रज्ञापनपत्र चाहिन्छ ?
पुस १५ देखि दर्ता नभएका मोबाइल साच्चै नचल्ने हो त ?








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




