
काठमाडौं, २ पुस । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले भक्तपुरस्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले परिषदलाई जाडाेमा न्यानाे बनाउन ज्याकेट हस्तान्तरण गरेको जनाएको छ ।
नेपाल स्काउट मध्यपुर थिमिका स्वयंम सेवकहरुलाई जाडो याममा गरिएको सहयोगले दैनिक कार्य सम्पादनमा सहयोग पुग्ने विश्वास गरिएको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताएका छन् ।
कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्वप्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त हरिबहादुर श्रेष्ठलाई ज्याकेट हस्तान्त्तरण गरेका हुन ।
नेपाल स्काउट केन्द्रीय तदर्थ समितीका सदस्य बिजेन्द्र ध्वजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा न. ७ का वडा अध्यक्ष कृष्णकुमार प्रजापति, स्थानीय परिषदका पदाधिकारी, स्काउट लिडर तथा स्काउट रोभर रेन्जरहरुको उपस्थिती रहेको थियो ।
बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आएकाे छ ।






काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार…
नयाँ दिल्ली, १० मङ्सिर । संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव… 



