
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीहरूको बोनसका लागि कुल ३ अर्ब १५ करोड रुपैयाँ छुट्याएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नाफाको आधारमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले उक्त रकम विनियोजन गरेका हुन्।
तथ्यांकअनुसार सर्वाधिक बोनस छुट्याउने संस्थाको सूचीमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। नबिलले पहिलो त्रैमासमा ४० करोड ८० लाख ५० हजार रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ३५ करोड ८१ लाख ५० हजार र तेस्रो स्थानमा रहेको एभरेष्ट बैंकले १९ करोड ८३ लाख ३० हजार रुपैयाँ विनियोजन गरेका छन्।
यसैगरी, बोनस छुट्याउने शीर्ष १० वाणिज्य बैंकको सूचीमा प्राइम कमर्सियल बैंक चौथो र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) पाँचौँ स्थानमा छन्। प्राइमले १८ करोड ८४ लाख ९० हजार र एनआईएमबीले १८ करोड ७५ लाख ३० हजार रुपैयाँ छुट्याएका छन्। शीर्ष दशभित्र पर्न सफल अन्य बैंकहरूमा एनएमबीले १८ करोड ४८ लाख १० हजार, कुमारीले १७ करोड ५ लाख ७० हजार, सानिमाले १६ करोड ५६ लाख १० हजार, सिद्धार्थले १३ करोड ७६ लाख ५० हजार र प्रभु बैंकले १२ करोड ८६ लाख ६० हजार रुपैयाँ बोनसका लागि विनियोजन गरेका छन्।
अन्य वाणिज्य बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंकले १२ करोड ४० लाख ३० हजार, स्ट्यान्डर्ड चार्टर्डले ११ करोड ९३ लाख ४० हजार, लक्ष्मी सनराइजले १० करोड ५३ लाख ३० हजार, हिमालयनले १० करोड ३५ लाख ४० हजार र नेपाल एसबीआई बैंकले ८ करोड ७६ लाख ५० हजार रुपैयाँ छुट्याएका छन्। यस्तै, माछापुच्छ्रे बैंकले ८ करोड ७४ लाख ८० हजार, नेपाल बैंकले ५ करोड २४ लाख ७० हजार, एनआईसी एशियाले २ करोड २ लाख ३० हजार र सिटिजन्स बैंकले १ करोड ७२ लाख ८० हजार रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका छन्।
विकास बैंक र फाइनान्स कम्पनीको अवस्था
विकास बैंक तथा फाइनान्स कम्पनीहरूतर्फ मुक्तिनाथ विकास बैंक अग्रस्थानमा छ। मुक्तिनाथले ५ करोड १५ लाख ३० हजार रुपैयाँ बोनस छुट्याउँदा लुम्बिनी विकास बैंकले ४ करोड ८० लाख ९० हजार र महालक्ष्मी विकास बैंकले १ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेका छन्।
त्यस्तै, शाङ्ग्रिला डेभलपमेन्ट बैंकले ५३ लाख १० हजार, मितेरी डेभलपमेन्टले ४९ लाख, मञ्जुश्री फाइनान्सले ३७ लाख ९० हजार, सेन्ट्रल फाइनान्सले ३३ लाख २० हजार र श्री फाइनान्सले ३१ लाख २० हजार रुपैयाँ छुट्याएका छन्। यता कर्पोरेट डेभलपमेन्ट बैंकले ९ लाख ७० हजार, एक्सेल डेभलपमेन्टले ८ लाख ४० हजार, ग्रिन डेभलपमेन्टले ७ लाख ८० हजार र सबैभन्दा कम सप्तकोशी डेभलपमेन्ट बैंकले ६ लाख ९० हजार रुपैयाँ मात्र बोनस विनियोजन गरेका छन्।
समग्रमा, संस्थाको व्यवसायको आकार, खुद नाफाको निश्चित हिस्सा र कर्मचारी संख्याका कारण ठूला वाणिज्य बैंकहरूको तुलनामा साना विकास बैंक तथा फाइनान्स कम्पनीहरूले छुट्याउने बोनस रकममा ठूलो अन्तर देखिएको राष्ट्र बैंकको तथ्यांकले स्पष्ट पारेको छ।








काठमाडाैं, ६ मंसिर । जलविद्युत् आयोजनाहरूको विद्युत खरिद सम्झौता (पीपीए) प्रक्रियालाई थप कसिलो र अंकमा…
वासिङ्टन, ६ मङ्सिर । अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले…
तेहरान/मनामा, ६ मङ्सिर । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित दुई अमेरिकी सैन्य…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने राजकीय भ्रमणका लागि… 




