
काठमाडौं ५ जेठ: लम्जुङको भुलभुले केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ । बुधबार बिहान ८ बजेर २६ मिनेटमा भुलभुले केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि बिहान ५ बजेर ४२ मिनेटमा भुलभुले नै केन्द्र भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट डा. लोकविजय अधिकारीका अनुसार यो २०७२ साल वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलकै भूकम्पको परकम्प हो । ठूलो भूकम्प गएको लामो समयसम्म परकम्प आइरहने अधिकारीको भनाइ छ ।
पहिलो भूकम्प गएको साढे दुई घण्टामा लम्जुङको भुलभुलेमा फेरि अर्को परकम्प गएको हो । पहिलो भूकम्पमा परेर एक महिला घाइते भएकी छन् भने दर्जन बढी घर भत्किएको स्थानीयले बताएका छन् ।
भूकम्पको धक्का लमजुङसहित तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, स्याङजा, धादिङ, काठमाडौं लगायतका जिल्लाहरुमा महशुस गरिएको छ ।
पछिल्लो धक्काबाट भएको क्षतिको विवरण आउँन बाँकी छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



