
काठमाडौं, ३१ भदौ । भारतीय आयल निगम आईओसीले फेरि पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ । आज नेपाल आयल निगमलाई प्राप्त भएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा तथा डिजेलमा ४२ पैसा घटेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ घटेको निगमका सह प्रवक्ता पुष्कर कार्कीले सफलआवाजलाई बताए ।
उनले भने, ‘भारतबाट पेट्रोल, डिजेल र हवाई इन्धनमा क्रमश: ६ रुपैयाँ ५५ पैसा, ४२ पैसा र १ रुपैयाँ घटेर आएको छ । यो मूल्य अनुसार निगमको घाटा मासिक १७ करोड रुपैयाँ हुन आउँछ । डिजेलमा अलि धेरै बढेको भए मासिक घाटा कम गर्न मद्दत पुग्थ्यो ।’
भारतबाट मूल्य बढेर आउँदा बढाउने तर घटेर आउँदा मासिक घाटाका कारण देखाउँदै निगमले केही समययता पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन । यो पटक पनि मूल्य केही घटेर आएकोले नेपालमा पनि घट्ला भन्ने आशा सर्वसाधारणको छ । तर आज मूल्य समायोजनबारे कुनै निर्णय नभएको सहप्रवक्ता कार्कीले जानकारी दिए ।
सम्बन्धित समाचार
आईओसीबाट तेस्रो पटक घटेर आयो इन्धनको मूल्य, नेपालमा घट्ला?
आईओसीले घटायाे पेट्रोलियमको भाउ, घट्ला त नेपालमा ?
भारतले पठायाे पेट्रोलियम पदार्थको बढेकाे नयाँ मूल्यसूची, ग्याँसकाे भने घट्याे








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




