कला / शैली

लोकपर्व जुडशीतल मनाइँदै

जनकपुरधाम, २ वैशाख । मिथिलाञ्चलमा आज लोकपर्व जुडशीतल हर्षोल्लासपूर्वक मनाइँदैछ । यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेको छ । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ । मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं… पुरा पढौ

उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं, २९ चैत । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ । भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय… पुरा पढौ

भक्तपुरमा बिस्का जात्रा आजबाट शुरु

भादगाउँ, २८ चैत । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु भएकाे छ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै शुरुआत गरिन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा शुरु हुन्छ ।… पुरा पढौ

सतिप्रथा अन्त्यका लागि योगमायाको ठूलो योगदान : प्रदेश प्रमुख अधिकारी

मोरङ, २४ चैत । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताएका छन् । मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटकघरमा ‘योगमाया’ नाटक अवलोकन गरेपछि उनले दुर्गम भोजपुरजस्तो पहाडी भूभागमा रहेर सतिप्रथा एवं जहानियाँ राणा शासन अन्त्यमा उनको ठूलो योगदान रहेको चर्चा गरे । प्रमुख अधिकारीले ६८ महिलालाई आफूसहित अरुण नदीमा फाल हान्न लगाउने योगमायाको साहसिक कार्यबाट मुलुकमा महिला सङ्गठन निर्माण भएको स्मरण गरे । उनले आशीर्वाद थाप्ने त्यो समयमा… पुरा पढौ

प्रशासनद्वारा बिस्केट जात्रा मनाउन रोक, स्थानीयवासीद्वारा विरोध

भक्तपुर, २४ चैत । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको छ । केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी,… पुरा पढौ

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेतो मच्छेन्द्रनाथको रथयात्रा हुने

काठमाडौं, २३ चैत । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा वैशाख ७ गतेदेखि शुरु हुने भएको छ । गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले गरेको बैठकबाट रथयात्रा चलाउने निर्णय गरिएको संयोजक नीलकाजी शाक्यले जानकारी दिएका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । शहरको भित्री… पुरा पढौ

उत्सवमय मिथिला : जताततै रङ अबिरको पर्व होलीको रौनक

महोत्तरी, १६ चैत  । स–साना नानी हुन् कि पाका उमेरका मैथिल, सबै रङ, अबिर खेल्न मस्त । सबैका हातमा विभिन्न रङका अबिरका पोका, घरघरमै पानीमा घोलिएका रङका बाल्टिन । घरमा एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो स्वागत नै अबिरको टीका । घरघरमा गृहिणी मालपुवा, सेल र विभिन्न परिकार पकाउन व्यस्त । आज सोमबार प्रदेश नं २ को मिथिला क्षेत्र रङ र अबिरको खेलसँगै मिष्ठान्न परिकारको स्वादमा उत्सवमय छ । ‘बुरा नमानो होली है’ रङ, अबिर खेल्दा उमेर, यही… पुरा पढौ

आज फागु पूर्णिमा-हर्षोल्लासका साथ रङ खेलेर मनाइँदै

काठमाडाैं, १५ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र… पुरा पढौ

‘बेनीको बजार, जता मायाँ उतै छ नजर….’ का सर्जक श्रेष्ठको निधन

गलेश्वर, १३ चैत  । म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो । ‘बेनीको बजार,जता मायाँ उतै छ नजर....’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो । श्रेष्ठकी श्रीमती मुना छन्त्याल र श्रेष्ठको… पुरा पढौ

ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ…’

ढाका, १० चैत । दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदलगायत विशिष्ट व्यक्तिहरू सहभागी समारोहमा नेपाली कलाकारले आफ्नो बेजोड प्रस्तुति दिने अवसर पाएका छन् । ‘असारे महिनामा...’, ‘साँघुरी वारी...’, ‘साउने खोला...’, ‘लेकाली हो हो...’, ‘शिर शाय हेगु...’, ‘झम्के फुली...’, ‘एही ठहिया...’, ‘नेपाली हामी रहौँला...’, बोलका… पुरा पढौ