कला / शैली

फिल्म ‘सोल्यूशन’ सार्वजनिक

पोखरा, १५ असोज । छोटो फिल्म ‘सोल्यूशन’ नेट टिभीको ‘ओटिटी प्लेटफर्म’मार्फत सार्वजनिक भएको छ । कोरियोग्राफिमा आफूलाई स्थापित गरिसकेका रोहन नेपालीले यो फिल्मको निर्माण अनि निर्देशन गरेका हुन् । फिल्ममा उनी आफैँले अभिनय समेत गरेका छन् । करिब ८ मिनेटको फिल्मले युवापुस्ताको प्रेम बिछोड अनि त्यसपछि उनीहरुले लिने गम्भिर प्रकृतिको निर्णयले जीवनमा पारेको असरको विषयलाई उठाएको छ । ‘युवापुस्ताको मनोदशालाई फिल्ममार्फत भन्न खोजेकाे हुँ । अहिले सामान्य कुरामा पनि युवापुस्ताले आफ्नो ज्यानै सम्म फाल्ने निर्णय लिईराखेका छन् । तर यो… पुरा पढौ

सुनिन छाड्यो सारङ्गीको धुन

पाल्पा, १४ असोज । सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ । सारङ्गीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो । त्यो सुमधुर सारङ्गी धुन आजभोलि गाउँ तथा शहरी क्षेत्रमा विस्तारै सुनिन छाडेको छ । रम्भा गाउँपालिका–५ ताहुँका भीमबहादुर गन्धर्व अपमान र छुवाछूतकै कारण गन्धर्व जातिका युवा यो पेशाबाट विस्थापित भएको बताउछन । गीतसङ्गीतमा सारङ्गीको भूमिका निकै रहे पनि अहिले यो नेपाली लोकबाजा बजाउने मानिसको अभाव देखिएको छ । सारङ्गी बजाउनेहरु अन्य पेशाव्यवसायमा लागेपछि यो पेशा… पुरा पढौ

‘पासपोर्टको पाना सकियो’ भिडियो सार्वजनिक

काठमाडाैं, १४ असाेज । गायक यमराज श्रेष्ठ र गायिका संगीता पौडेलको आवाजमा रहेको मौलिक दशैँ गीत 'पासपोटको पाना सकियो' गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा धन कमाउनको लागी गएको छोरा र घरमा आश्रित परिवारको पिर वेदनालाई गीतमा समेटिएको छ  । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको लय सिर्जना रहेकाे गीतलाइ कृष्ण केसीले एरेन्ज गरेका हुन ।   बासु बरालको छायाँकन, मनोज कार्कीको सम्पादन तथा निशान बाँनियाको निर्देशनमा भिडियो बनेकाे हाे । 'पासपोर्टको पाना सकियो' गीतको भिडियोमा आशिर प्रताप जंग… पुरा पढौ

मार्मिक दशैँ गीत ‘परदेशीको समाचार’ सार्वजनिक

काठमाडौं, १३ असोज । नेपालीको महान पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत ‘परदेशीको समाचार’ सार्वजनिक भएको छ । गीतकार नवीन पन्तको शब्द रहेको गीतमा शान्ती श्री परियार, रमन रायमाझीको स्वर रहेको छ । गीतमा सिद्धान्त परियारले लय भरेका छन । गीतको म्युजिक भिडियो पि.के इन्टरटेनमेन्टको प्रस्तुतीमा सोमबार सार्वजनिक गरिएको हो । नरेश सिंह चैरिसको छायांकन र मनिस कार्कीको सम्पादनमा तयार भएको… पुरा पढौ

समीक्षा र सुदीपको “मायालु जहिले रिसाउनी” भिडियो सार्वजनिक

काठमाडौँ, १३ असोज । गायिका समीक्षा अधिकारी र सुदीप कुँवरको स्वरमा रहेको गीत “मायालु जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ । गीतका रचनाकार विष्णु नेपाल हुन् । गीतमा सुदीप कुँवरकै संगीत र केशव बडुुको एरेन्ज रहेको छ । कुँवरले निर्देशन गरेको भिडियोमा शेरबहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ https://youtu.be/kYliw5_GjE4 पुरा पढौ

“ज्यानै हाजिर भो” गीतकाे भिडियो सार्वजनिक

काठमाडाैं, ११ असाेज । गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगककाे मीठो स्वरमा गाइएकाे “ज्यानै हाजिर भो” (सेवारो) गीतको भिडियो सार्वजनिक भएको छ । साहित्यकार राजन मुकारुङको उत्कृष्ट शब्द तथा संगीत रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ । गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन् । थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो “ORIGIN NEPAL” युट्युब च्यानलबाट सार्बजनिक गरिएको हाे । गीतको भिडियोमा ब्रबिम शेर्मा, ईक्शा मादेन र पुष्पा लिम्बुको उत्कृष्ट अभिनय देख्न… पुरा पढौ

मदन पुरस्कारको गरिमा जाेगाउन सकिन्न कि भन्ने डर लागेको छ : बानियाँ

इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेख्नुभएको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ । बानियाँले यसअघि ‘ऐतिहासिक पर्वत राज्य’, ‘खस जाति र कूलपूजा’ र ‘मृत्यु संस्कार मन्थन’ गरी तीन कृति प्रकाशित गरिसकेका छन । उपन्यास लेख्दाको पृष्ठभूमि, मदन पुरस्कार प्राप्त गरेपछिको अनुभूति र आगामी योजनाका बारेमा राससका गलेश्वर संवाददाता ध्रुबसागर शर्माले लिएको अन्तर्वार्ता : २०७६ सालको मदन पुरस्कार तपाईँको उपन्यास ‘महारानी’ले प्राप्त गरेकाे छ, देशकै प्रतिष्ठित… पुरा पढौ

‘गाउँघरै रमाइलो’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, ८ असोज । गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीत ओ.एस.आर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । ‘साइँली’ म्युजिक भिडियोबाट निकै चर्चामा आएका जोडी हुन गौरव र मेनुका । उनिहरु फरक र जीवन्त अभिनय गर्ने कलाकार त हुन नै साथमा यस गीतले उनीहरूलाई थप उचाई दिएको छ । दर्शकले रुचाएको याे जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिएका छन र ‘गाउँघरै रमाइलो’ बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको… पुरा पढौ

‘महारानी’ लाई मदन पुरस्कार

काठमाडौं, ४ असोज । चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासले यस वर्षको मदन पुरस्कार प्राप्त गरेको छ । मदन पुरस्कार गुठीले वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासलाई दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले बताए । १ सय ५१ पुस्तकमध्येबाट यसअघि ७ पुस्तक मदन पुरस्कारका लागि छनोट भएकामा अन्ततः महारानीले बाजी मारेको हो । यस्तै, गुठीले प्रदान गर्ने जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिइएको छ । गुठीले २०४५ सालमा रानी जगदम्बाको मृत्युपछि उनको सम्झना स्वरुप जगदम्बाश्री पुरस्कारको स्थापना गरिएको थियो ।… पुरा पढौ

कार्टुनिस्ट बराल यसरी भए ‘वात्स्यायन’

‘वात्स्यायन’ नेपालका चर्चित कार्टुनिस्ट तथा कलाकार । जतिबेला बराल काठमाडौं बसाइँमा थिए, त्यो समयबाटै उनले कार्टुनहरु बनाउन सुरु गरेका थिए । एकजना सम्पादकले उनलाई पत्रिकाको लागि कार्टुन बनाउन अनुरोध गरेपछि उनले कार्टुन बनाउन सुरु गरेका हुन् । ५-७ वर्ष काठमाडौंमा बसेपछि बसाइँ धेरै लम्बिन सकेन । आर्थिक अभावको कारणले काठमाडौं छोड्नु पर्यो । त्यो बेलामा बरालको नाम र कार्टुन भने चर्चामा आउन थालिसकेको थियो । ‘वात्स्यायन’ नाम त चलिसकेको रहेछ । मान्छेहरुले भने मलाई दुर्गा बरालको नामले मात्र चिन्ने गर्दथे… पुरा पढौ