स्वास्थ्य

मैवाखोलामा ‘लम्पी स्किन’ विरुद्धको खोप अभियान

ताप्लेजुङ, १० साउन । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लम्पी स्किनको रोकथामका लागि खोप अभियान चलाएको छ । उक्त गाउँपालिकामा तीन हजार एक सय १५ पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्किनका कारण ३३ पशु चौपाया मरेको गाउँपालिकाले जनाएको छ । यहाँका चार सय ७३ पशु चौपाया सो रोगबाट सङ्क्रमित छन् भने तीन सय ८७ को उपचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिए। गाउँपालिकाअन्तर्गत रहेको पशु सेवा शाखाबाट कृषकको घर गोठमै पुगेर खोप तथा उपचार… पुरा पढौ

काभ्रेमा सामाजिक सुरक्षा कोषमा आबद्धको उपचार सुरु

काभ्रे, ९ साउन । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित धुलिखेल अस्पताल र बनेपा नगरमा रहेको शिर मेमोरियल अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका नागरिकको उपचार सेवा सुरु गरिएको छ । दुई अस्पताल र सामाजिक सुरक्षा कोषबीच गत जेठमा छुट्टाछुट्टै द्विपक्षीय सम्झौता भई सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नागरिकको उपचार सेवा सुरु गर्ने सहमति भएको थियो । सम्झौताअनुसार हाल दुवै अस्पतालले उक्त सेवा सुरु गरेको जनाएका हुन् । धुलिखेल अस्पतालले भने स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गर्दै आएको छ । धुलिखेल अस्पतालका प्रशासन… पुरा पढौ

धरानमा ३० श्ययाकाे डेङ्गु अस्पताल सञ्चालन

इनरुवा, ८ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गुु श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए। सय श्यया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेङ्गुु अस्पतालको रुपमा परिवर्तन गरेको उनले बताए। पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० श्ययाको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत श्यया डेङ्गुका बिरामीले भरिएपछि छुट्टै डेङ्गु अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए। केही दिनयता… पुरा पढौ

रोगको निवारक उपायमा लगानी बढाउनु पर्छ : गगन थापा

पोखरा, ७ साउन । पूर्व स्वास्थ्य मन्त्री तथा माननीय गगन थापाले रोगको उपचारात्मक उपायहरूभन्दा निवारक उपायहरूको आवश्यकतालाई प्राथमिकतामा राखी लगानी गर्नु जरुरी रहेको बताएका छन् । नेपाली युथ फिट्नेस ऐकेडेमीले आभ्या क्लवसँगको सहकार्यमा सञ्चालित १० हप्ताको पर्सनल ट्रेनिङ कोर्स समापन समारोहमा थापाले पाँचौ व्याजका उत्तीर्ण १८ जना सहभागीलाई प्रमाणपत्र विरतरण गर्दै भने, डाक्टरले भन्दा व्यायाम विज्ञान पढेका योग्य र दक्ष प्रशिक्षकमार्फत् व्यायामका सुझाव र निर्देशनहरू पालना गर्नु उचित हुन्छ । नेपालमै पहिलो पटक सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा फिटनेट क्लिनिक सञ्चालन… पुरा पढौ

‘लम्पी स्किन’बाट काभ्रेमा ६८१ पशु मरे, ३० हजार बढी सङ्क्रमित

काभ्रे, ७ साउन । लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३ पशु सङ्क्रमित बनेका छन् । यो रोगबाट जिल्लामा छ सय ८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो । केन्द्रका अनुसार उक्त रोगबाट जिल्लाको १३ स्थानीय तहमा हालसम्ममा छ सय ८१ पशुको मृत्यु भएको छ । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन्… पुरा पढौ

लम्पी स्किन नियन्त्रणमा काम गर्न भारत सकारात्मक

काठमाडौं, ६ साउन । नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्पी स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो । मन्त्री भुसालले हालै गरेको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिन आयोजित कार्यक्रममा नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्यक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी… पुरा पढौ

लम्पी स्किनको प्रभाव : २६ हजार पशुको मृत्यु, ६ लाख सङ्क्रमित

महेन्द्रनगर, ५ साउन । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि एको छ । तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन् । पशुपक्षी तथा मत्स्य… पुरा पढौ

काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान

काभ्रे, ५ साउन । डेङ्गुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ । काभ्रेपलाञ्चोक डेङ्गुको उच्च जोखिममा रहेकाले नियन्त्रणका लागि पूर्वतयारीका साथ कार्ययोजना तयार पारिएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताए। लामखुट्टेले बसोबास गर्न सक्ने ठाउँ, सवारीसाधन मर्मत गर्ने ठाउँ, पानी जम्ने ठाउँ, उद्योग, कलकारखानालगायत ठाउँमा नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन अभियान सञ्चालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको कार्ययोजना, निर्देशन र सहकार्यमा… पुरा पढौ

डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने मन्त्रालयकाे प्रक्षेपण

काठमाडौं, ५ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिए। उनका अनुसार असोजपछि भने डेङ्गु सङ्क्रमण क्रमशः कम हुँदै जाने छ । उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढेको बताए। गत वर्ष पनि वैशाखदेखि नै सङ्क्रमण… पुरा पढौ

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

चितवन, ४ साउन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । जिल्लामा सबैभन्दा धेरै भरतपुर… पुरा पढौ