स्वास्थ्य

पोउवा संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवामा छुट सम्झौता  

पोखरा, ५ माघ । पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् ।संघ र मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै संघका साधारण सदस्यहरुले सो सुविधा पाउने भएका हुन् ।पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति तथा मणिपाल शिक्षण अस्पताल पोखराका निर्देशक डा. अभिषेक मास्केबीच भएको सम्झौता अनुसार अब संघका सदस्यहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन । यसैगरी संघका सदस्यले मणिपालको साधारण बेडमा २५ प्रतिशत,निशुल्क डाक्टरी परामर्श,साधारण एमआरआइ र सिटी स्क्यानमा… पुरा पढौ

बढे कोरोनाका सक्रिय सङ्क्रमित

काठमाडौं, ४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट १ हजार २९७ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ३५१ जनाको पीसीआर परीक्षण गरिएकामा ७ जनामा तथा ९४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १ जना कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको… पुरा पढौ

कोरोनाका सक्रिय सङ्क्रमित २४ मा झरे

काठमाडौं, ३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट १ हजार २०१ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ७२८ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा ४७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ४ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान… पुरा पढौ

कोरोनाका ५ संक्रमित थपिए, ३ जना डिस्चार्ज

काठमाडौं, २ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट ९७२ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ४२५ जनाको पीसीआर परीक्षण गरिएकामा ५ जनामा तथा ५४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ३ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन… पुरा पढौ

कोरोनाका नयाँ संक्रमित भेटिएनन्, सक्रिय संक्रमित २३

काठमाडौं, १ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कुनै नयाँ बिरामी फेला परेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५७१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये कसैमा पनि सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ६ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २३ मा झरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा… पुरा पढौ

रोटरी क्लब अफ कीर्तिपुरको आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, १ माघ । रोटरी क्लब अफ कीर्तिपुरको आयोजना शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर मेला तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कीर्तिपुर-२, मैत्रीनगरस्थित इशानेश्वर शिव मन्दिरको प्रांगणमा आयोजित उक्त कार्यक्रम रोटर्याक्ट क्लब अफ कीर्तिपुर, प्राइम हेल्थ हब, कीर्तिपुर आँखा अस्पताल, कीर्तिपुर नगरपालिका, नेवा एफएमलगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको थियो । कार्यक्रमको रोटरी क्लबको अध्यक्ष पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाको उपमेयर शुभलक्ष्मी शाक्य तथा विशेष अतिथि स्वास्थ्य सेवा प्रमुख सान्तमान मानन्धर रहेका थिए । यसैगरी कीर्तिपुर… पुरा पढौ

‘स्वस्थ जीवनको चाहना- योग, शिक्षा र साधना’ भन्दै राष्ट्रिय योग दिवस मनाउने

काठमाडौं, १ माघ । ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा… पुरा पढौ

जाडोमा हृदयाघातको जोखिम उच्च हुन्छ: डा. ओम मुर्ति

काठमाडौं । नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघात जस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ । अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख कारण भएकाले आवश्यक उपाय अहिलेदेखि नै अवलम्बन गर्नुपर्ने हुन्छ । नभए भोलि प्रत्येक परिवारमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात वा अन्य मुटुरोगका बिरामी हुनेछन् ।… पुरा पढौ

२१ मा झरे कोरोनाका सक्रिय सङ्क्रमित

काठमाडौं, २७ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३५७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ६ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २१ मा झरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ८ हजार… पुरा पढौ

दादुरा, रुबेलाविरुद्धको खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौं, २७ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट  बचाउन  नौ  महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि… पुरा पढौ