मुख्य समाचार

राष्ट्रसंघले भन्याे-गत वर्ष झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गरे

संयुक्त राष्ट्रसंघ, २३ बैशाख । संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गर्नु परेको जनाएको छ । राष्ट्रसंघ समेतका १६ संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ । उक्त प्रतिवेदनले ९७ प्रतिशत मानवीय सहायता पाइरहेका ५५ मुलुकलाई केन्द्रित गरेको राष्ट्रसंघको भनाई छ । प्रतिवेदनले गत वर्ष उत्पन्न खाद्य सङ्कटको आकार र कठिनाई खासगरी दिर्घकालीक द्वन्द्व, कोभिड–१९ महामारीका कारण सिर्जित आर्थिक मन्दि र मौसमी प्रतिकूलताले उत्पन्न… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, १० उपसमूह भए राताम्मै

काठमाडौं, २३ वैशाख । साताको पाँचौ दिन बिहिबार आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज तीन उपसमूह बैकिङ, फाइनान्स र लगानी उपसमूह बाहेक बाँकी सबै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । आज नेप्से १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा पुगेको छ । आज नेप्से ०.४७ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ०.७७ अंकले घटेर ४७३.०४ विन्दुमा पुगेको छ । आज कुल २१६ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५९ लाख ८० हजार ८१५… पुरा पढौ

गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं, २३ वैशाख । गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा बिहीबार दिउँसो उनको निधन भएको हो । काठमाडौं न्यूरो अस्पतालमा उनलाई डाक्टर रवि शाही र डाक्टर रामगोपाल नेम्कुलले उपचार गरेको अस्पताल स्रोतले जानकारी दिएको छ । ८५ वर्षीय प्रधान वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनको ‘घुम्तीमा नआऊ है आँखा तिमी जुधाउँन’ लगायत दर्जनौं गीत चर्चित छन । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक… पुरा पढौ

पोखरामा थप ४ कोरोना संक्रमितको मृत्यु

पोखरा, २३ वैशाख । कोरोना संक्रमितको दर दिनहुँ बढ्दा मृत्यु हुनेको संख्या पनि बढेको छ । पोखरामा गएको २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भयो । पोखरा–१७ का ७३ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा बुधबार साँझ मृत्यु भयो । उनलाई वैशाख १८ मा संक्रमण पुष्टि भएको थियो । पोखरा–३ का ८७ वर्षीय पुरुषको बुधबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनलाई वैशाख २१ मा संक्रमण पुष्टि भएको हो । यस्तै मणिपालमै पोखरा–२९ का ४१ वर्षीय संक्रमित पुरुषको बिहीबार मृत्यु… पुरा पढौ

मोरक्कोमा एक महिलाले नौ जना शिशुलाई जन्म दिइन्

बामाको, २३ बैशाख । अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् । कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो । मोरक्कोको क्लिनिकका अनुसार सबै नौ जना शिशुको स्वास्थ्य अवस्था सामान्य छ । जन्मिएका शिशुहरुमा पाँच बालिका र चार बालक छन् । मालीका स्वास्थ्य मन्त्रीले आमाको स्वास्थ्य पनि सामान्य रहेको जनाएको… पुरा पढौ

जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, २३ वैशाख । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शेयरमूल्य समायोजन भएको छ । संस्थाले ४९.४० प्रतिशत बोनस वितरण गर्ने भएकोले आज बुक क्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरेको हो । नेप्सेका अनुसार जनउत्थान लघुवित्तको शेयरमूल्य समायोजनपछि प्रतिकित्ता ३ हजार ६११ रुपैयाँ कायम भएको छ । यही मूल्यमा संस्थाको शेयर कारोबार खुलेको छ । यसअघि बुधबार संस्थाको शेयर ५ हजार ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । पुरा पढौ

सार्वजनिक स्थानलाई निसंक्रमण गर्दै महानगर

काठमाडौं, २३ वैशाख । काठमाडौं महानगरपालिकाले तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को नियन्त्रणका लागि सार्वजनिक स्थान, अस्पताल, सुरक्षा जाँच गर्ने स्थानमा ठूला जेट मेसिनको प्रयोग गरी निसङ्क्रमण कार्य गरिरहेको छ । मानिसको बढी आवतजावत हुने ती स्थानसँगै, कोरोनाका बिरामीलाई अस्पताल लैजाने र ल्याउने एम्बुलेन्सलाई पनि निसङ्क्रमण गरिएको हो । “बन्दाबन्दी भए पनि कतिपय मानिस अत्यावश्यक कामले बाहिर निस्किनुपर्ने हुन्छ, यसरी मानिस आवतजावत हुने स्थान, सुरक्षा जाँच गर्ने स्थान र अस्पताल परिसरलाई केन्द्रित गरेर निसङ्क्रमणको काम गरिरहेका छौँ”, महानगर प्रमुख विद्यासुन्दर शाक्यले… पुरा पढौ

‘निषेधाज्ञाको मापदण्डमा निर्माण गर्न सकिन्न’ : महासङ्घ

काठमाडौ, २३ वैशाख । कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माणका काम सञ्चालन गर्न कठिन भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । निर्माण सामग्री ढुवानीलगायत काममा प्रयोग भएका गाडीलाई ठाउँठाउँमा रोक्न लगाएर सहजरूपमा पाससमेत उपलब्ध नगराइएको महासङ्घले जनाएको छ । निर्माण सामग्रीका केही उद्योग खुले पनि तिनका डिलर र वितरक पसल बन्द रहेकाले निर्माण सामग्रीको अभाव र ढुवानीमा देखिएको समस्या विकराल बन्दै गइरहेको छ । निषेधाज्ञाकै फाइदा उठाउँदै निर्माण सामग्रीमा गरिएको… पुरा पढौ

काभ्रेमा शववाहन नभएपछि प्रदेशसँग मागिँदै

काभ्रेपलाञ्चोक, २३ वैशाख । कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु हुन थालेपछि शव व्यवस्थापनका लागि जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले वाग्मती प्रदेशस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरमा शवबाहन मागिने भएको छ । केन्द्रको बैठकले कोभिड–१९ को दोस्रो लहरबाट मृत्यु भएकासमेतको शव व्यवस्थापन हालसम्म नेपाली सेनाले आफ्नै व्यवस्थापनमा गर्ने गरेको र काभ्रेपलाञ्चोकमा निजीस्तर, सरकारी तथा स्थानीय तहमा शवबाहन नभएको हुँदा प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरसँग शवबाहन माग्ने निर्णय गरेको हो । “दैनिक दुईभन्दा माथिको सङ्ख्यामा मृत्यु हुन थालेको… पुरा पढौ

फेरी बढ्यो सुनको मूल्य, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, २३ वैशाख । साताको पाँचौ दिन बिहिबार आज छापावाला सुनको मूल्यमा ३०० रुपैयाँ बृद्धि भएको छ । चाँदीको भने आज सामान्य रुपले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।… पुरा पढौ