मुख्य समाचार

सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौं, १० कार्तिक । सरकारले विकास ऋणपत्र जारी गरी १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ६ वर्ष परिपक्व अवधि रहेको यस ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०८९’ नाम दिइएको छ। ऋणपत्र खरिदका लागि इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले आगामी कार्तिक ११ गते बुधबार अपरान्ह ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा भाग लिन सक्नेछन्। यसरी बोलकबोल हुने ऋणपत्र कार्तिक १२ गते निष्कासन हुनेछ। मुख्य विशेषताहरू: सावाँ तथा ब्याज भुक्तानी: ऋणपत्रको सावाँ… पुरा पढौ

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो १६ प्रतिशत लाभांश

काठमाडौं, १० कात्तिक । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड (SCB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो मात्राको लाभांश शेयरधनीहरूमा वितरण गरिनेछ। पुरा पढौ

डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकाको प्रेसिडेन्सियल अवार्ड

काठमाडौं, १० कार्तिक । पोखराका पेट तथा कलेजो रोग विशेषज्ञ डा. शंकर बरालको अनुसन्धान (रिसर्च एब्स्ट्र्याक्ट) ले अमेरिकामा आयोजित अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजी (ACG) को ग्यास्ट्रोएन्टेरोलोजी सम्मेलनमा प्रेसिडेन्सियल अवार्ड प्राप्त गरेको छ। डा. बरालको अनुसन्धान “A Rare Case of Rectal Malignant Melanoma” अर्थात् मलाशयमा हुने दुर्लभ क्यान्सर रेक्टल मेलानोमा सम्बन्धी छ। करिब ७ हजार अनुसन्धानमध्ये उनको अनुसन्धान सार छनोट भएर उक्त सम्मान प्राप्त गरेको जानकारी दिइएको छ। यो उपलब्धिले नेपाली चिकित्सकको अनुसन्धान क्षमता र नेपालको चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, १० कार्तिक। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत असोज २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ। बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन गरेको हो। ऋणपत्र सम्बन्धी मुख्य विवरण: कुल निष्काशन रकम: ३ अर्ब रुपैयाँ (प्रतिऋणपत्र १,००० रुपैयाँ अंकित दरका ३० लाख कित्ता) बिक्री बाँडफाँटको बाँडफाँट: व्यक्तिगत तवरबाट (६०%): १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सर्वसाधारणका लागि… पुरा पढौ

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १० कार्तिक । मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) र बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) को लाभांश सुरक्षित गर्ने आज (कात्तिक १० गते, मंगलबार) अन्तिम दिन रहेको छ। यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात कात्तिक ११ गते बुकक्लोज गर्दैछन्। तसर्थ, आज नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्रै यी कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। १. मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) साधारण सभा: १९ औँ वार्षिक साधारण सभा मिति र समय: कात्तिक… पुरा पढौ

धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

म्याग्दी, १० कात्तिक। कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट अपेक्षित फल प्राप्त हुन्छ । नामसँगै दाम पनि प्राप्त हुन्छ । यस्तै भएको छ म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जाका कृष्णलाल सापकोटालाई । जिल्लामा उहाँले नमुना किसानको पहिचान बनाउनुभएको छ । बरञ्जाको महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सापकोटाले धानखेती हुने खेतमा कागतीखेती विस्तार गर्नुभएको छ । सापकोटा सञ्चालक रहेको सापकोटा सुन्तला फार्ममार्फत १२ रोपनी खेतमा ६०० कागतीका बिरुवा हुर्काइएका छन् । चार वर्षअघि रोपिएका बिरुवाले फल दिन थालेका छन् । फार्ममा… पुरा पढौ

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक, १० कात्तिक। पर्यटकीयस्थल कोटथुम्का । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै चम्किएका अग्ला हिमशृङ्खलाको सोही स्थानबाट दृश्यावलोकन गर्न सकिन्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दूरीमा दुई हजार ५०० मिटर उचाइको उत्तरपूर्वी क्षेत्रमा अवस्थित कोटथुम्का (हाल बुद्ध–थुम्का) पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सो स्थानमा शान्तिका प्रतिक ‘गौतम बुद्ध’को प्रतिमा तथा पार्क निर्माण भएपछि आकर्षण थपिएको… पुरा पढौ

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

भद्रपुर (झापा), १० कात्तिक। पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको स्याहारमा व्यस्त महिला । झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमको दृश्य हो यो । बारीभरि फुलेका सयपत्रीले तिहार आगमनको मात्र सङ्केत गर्दैनन्, आफ्नै श्रमबाट आम्दानी गर्ने स्थानीय महिलाको सपना पनि उजागर गर्छ । एकातिर आफ्नै गाउँमा रोजगारीको अवसर, अर्कोतिर सामूहिक प्रयासबाट आत्मनिर्भर बन्ने आशा । यही उद्देश्यसहित स्थानीय महिलाले छ कठ्ठा जमिनमा १० हजार सयपत्रीका बिरुवा हुर्काएका छन् । फूल राम्रोसँग फुलेपछि उनीहरू यस वर्ष तिहारमा राम्रो आम्दानी हुने अपेक्षामा… पुरा पढौ

पिचमा क्रिकेट : नेपाल प्रिमियर लिग (एनपिएल) ले चलायमान बन्दै अर्थतन्त्र

काठमाडाैं, ९ कार्तिक । नेपाली खेलकुदको इतिहासमा नेपाल प्रिमियर लिग (एनपिएल) एउटा खेल उत्सव मात्र नरहेर देशको अर्थतन्त्रलाई चलायमान बनाउने बलियो माध्यम बनेको छ। काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आजदेखि सुरु भएको एनपिएलको तेस्रो संस्करणले घरेलु क्रिकेटको व्यावसायिक यात्रालाई नयाँ उचाइमा पुर्‍याएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार यस सिजनमा एनपिएलमार्फत करिब १.५ अर्ब (१ अर्ब ५० करोड) रुपैयाँ बराबरको आर्थिक कारोबार (Turnover) हुने अनुमान गरिएको छ। यस प्रतियोगिताले नेपालको खेलकुद क्षेत्रमा व्यावसायिकता भित्र्याउनुका साथै विज्ञापन, पर्यटन, हस्पिटालिटी, सञ्चार… पुरा पढौ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं, ९ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एक विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई… पुरा पढौ