खेलकुद

लालबन्दीमा प्रथम मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप हुने

बरहथवा (सर्लाही), २४ पुस। फुटबल खेल र खेलाडीको प्रवद्र्धन गर्ने उद्देश्यसहित सर्लाहीको लालबन्दीमा ‘प्रथम लालबन्दी मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप २०८२’ आयोजना गरिएको छ । बुधबार सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर फुटबल रङ्गशालामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । लालबन्दी नगरपालिका मुख्य आयोजक रहेको उक्त प्रतियोगिता माघ १६ देखि २७ गतेसम्म सञ्चालन गरिने भएको छ । प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीको प्रवद्र्धनमा टेवा पुग्ने जीवेश्वर युवा क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । प्रतियोगितामा अन्तर प्रदेशका चारसहित १२ टोलीले… पुरा पढौ

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज पाेखरामा हुँदै

पोखरा, २३ पुस। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२औँ एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रम काठमाडौँ बाहिर हुन लागेको यो पहिलो पटक हो । अवार्डको पूर्वसन्ध्यामा मङ्गलबार स्पोर्टस समिटको आयोजना गरिएको थियो । मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो । मञ्चका अध्यक्ष नीरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताउनुभयो । उहाले भन्नुभयो, “कार्यक्रमलाई… पुरा पढौ

यी हुन् अवार्ड जित्ने गण्डकीका नायकहरू

काठमाडौं, २० पुस । पोखरामा यसपल्टको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड हुने भएपछि एउटा प्रश्नले सबैलाई आकर्षित गर्ने नै छ र यो हो, गण्डकीका खेलाडीले अहिलेसम्म कतिपल्ट यो कार्यक्रममा जित चुमेका छन् होला त ? यो प्रश्नको एउटा भावनात्मक उत्तर के हो भने यो अवार्ड धेरै पल्ट जित्नेमा गण्डकीका खेलाडी पनि अगाडि छन् । गणितीय आधारमा यसको ठ्याक्कै उत्तर हो, १३ पल्ट । निश्चित छ, अबको दिनमा यो संख्या अझ बढ्नेछ । गण्डकीले नेपाली खेलकुदका लागि एकसेएक खेलाडी जन्माइरहेको स्थितिमा यो… पुरा पढौ

यस्ताे छ पोखरामा ‘स्पोर्ट्स अवार्ड’ हुनुको अर्थ

काठमाडौं, पुस १९। यस पटकको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २२औं संस्करण हुँदैछ । यसअघिका संस्करणभन्दा यसपल्टको कार्यक्रम ठ्याक्कै एउटा कारणले छुटिन्छ । यो हो, आयोजक सहर रूपमा पोखरा । अहिलेसम्म जति पनि कार्यक्रम भए, ती काठमाडौंमै भए । अब भने कार्यक्रम केन्द्रीय राजधानीभन्दा बाहिर पुग्ने भएको छ । यस्तोमा प्रश्न हुन्छ, पोखरा नै किन त ? पोखरामा अवार्ड कार्यक्रम हुनुको अर्थ के हो त ? सम्भवतः यसको उत्तर भने सजिलो छ । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो, राष्ट्रिय खेलकुद… पुरा पढौ

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यसै महिनामा

काठमाडौं, १३ पुस। जेनजी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण यसै महिना पोखरामा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष नीरञ्जन अधिकारीले गत भदौ २९ गते हुने भनिएको अवार्ड कार्यक्रम यही पुस २३ गते आयोजना हुन लागेको हो । आजदेखि पिपल्स च्वाइसको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको सो अवसरमा जानकारी दिइयो । मञ्चका महासचिव अञ्जन खड्काले भन्नुभयो , “विगतमा पिपल्स च्वाइसको मनोनयन रहेका खेलाडीले जति… पुरा पढौ

‘२५औं आहा ! रारा पोखरा गोल्ड कप-२०८२’-मूल आयोजक समिति र उपसमिति गठन

पोखरा, ९ पुस । २५औं ! आहा रारा पोखरा गोल्ड कप–२०८२ फुटबल प्रतियोगिता सफल पार्न विभिन्न समिति गठन गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा आगामी माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा यो प्रतियोगिता हुँदैछ । क्लबले अध्यक्ष केशबबहादुर थापाको अध्यक्षतामा ३०१ सदस्यीय मूलआयोजक समिति तथा ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । साथै, महासचिव गंगाराज पौडेल सदस्यसचिव र वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई प्रतियोगिता संयोजनमा मनोनयन गरिएको छ । यसैगरी, विभिन्न १८ उपसमिति पनि गठन गरिएको छ… पुरा पढौ

प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सम्पन्न, सगरमाथा यसबर्ष पनि उत्कृष्ट

पोखरा, २८ मङ्सिर । पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको खेल उत्सव आइतबार सम्पन्न भएको छ । एक दिन विद्यालय र  दुइ दिन पोखरा रंगशाालामा गरी तीन दिनसम्म संचालन भएको उत्सवमा बिभिन्न १३ वटा खेलमा विद्यालयका कक्षा १ देखि १२ सम्मका १ हजार बढी विद्याथीले सहभागिता जनाएका थिए । उत्सवको अन्तिम दिन आज भएको फुटवलको फाईनल खेलमा सन्देश खत्री टिम क्याप्टेन रहेको माछापुच्छे्र् सदनलाई पराजित गरी अर्मान गुरुङको नेतृत्वको अन्नपुर्ण सदन विजेता भएको छ ।निर्धारित र थप समयमा… पुरा पढौ

प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शुरु

पाेखरा, २८ मङ्सिर । पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शनिबारदेखि पोखरा रंगशाालामा शुरु भएको छ । आइतबारसम्म संचालन हुने उत्सवमा ५०,१००, २००,४००,८००, मिटर दौड, छात्र÷छात्रा रिले दौड ,हाइजम्प छात्र÷छात्रा, लङ्गजम्प लगायतका खेल सम्पन्न भएको  विद्यालयका सुचना अधिकारी जयराम पौडेलले जानकारी दिए ।फुटबल ,ह्याण्डबल छात्र÷ छात्रा ,वास्केटवल छात्र÷ छात्रा, व्याडमिण्टन छात्र÷ छात्रा सिङ्गल एण्ड डवल तर्फ पहिलो चरणका खेल सम्पन्न भएका छन् । कक्षा ४ र ५ को रिले छात्रा तर्फ आस्था गुरूङ,संस्कृति आचार्य,दिती बानिया, स्वस्तीका सुनार प्रथम,प्रार्थना… पुरा पढौ

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि

काठमाडौं, २७ मङ्सिर। लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पा¥यो । उपविजेता सुदूरपश्चिमले रु ५१ लाखमा चित्त बुझायो । सुदूरपश्चिमले जितका… पुरा पढौ

एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं, २७ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दिपेन्द्रसिंह… पुरा पढौ