खेलकुद

आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा

कास्की, २५ माघ । चर्च व्वाइज फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा बिहिबा भएको प्रतिस्पर्धात्मक खेलमा सडन डेथमा एनआरटी फुटबल क्लबलाई हराउँदै चर्च व्वाइजले अन्तिम आठको यात्रा तय गरेको हो । एनआरटी र चर्च व्वाइजले पोखरामा पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् । पहिलो हाफमा एक गोलले पछि परेको चर्चले दोस्रो हाफमा गोल फर्काउँदै खेल बराबरी गर्न सफल भयो । एनआरटीले खेलको… पुरा पढौ

मच्छिन्द्र आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

कास्की, २३ माघ । मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न खेलमा मच्छिन्द्रले विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोलले निराश बनाएको हो । पहिलो हाफको खेल गोलरहित टुङ्गिएकाेमा खेलको ७४औँ मिनेटमा आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्नुभएका शाक्यले फरवार्ड आयुष घलानको पास सदुपयोग गर्दै गोल गरे । मच्छिन्द्रले खेलको… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकप सुरू, पुलिसद्वारा आयाेजक सहारा पराजित

पोखरा, २२ माघ । आहा ! रारा पोखरा गोल्डकपकाे २४ औं संस्करणको पहिलाे खेलबाटै मंगलबार आयोजक सहारा क्लब खेलबाट बाहिरीएकाे छ । पोखरा रंगशालामा सुरू प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव नेपाल पुलिस क्लबसंग १–० गोलले पराजित भएकाे हाे । खेलको पहिलो हाफको ३६ औं मिनेटमा पाएको कर्नर किकलाई उज्वल राईले गोल गरे । सोही गोल नै नेपाल पुलिसका लागि जितका लागि पक्का भयाे । राई नै खेलको म्यान अफ दि म्याच पनि भए । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको आयोजक… पुरा पढौ

रक्षक सनिशलाई राष्ट्रिय फुटबल खेलाडी सम्मान

कास्की, २२ माघ । सहारा क्लब पोखराद्वारा प्रदान गरिने यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान रक्षक सनिश श्रेष्ठले प्राप्त गर्ने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । क्लबका महासचिव रामजीप्रसाद अधिकारीले सनिशलाई नगद रू ५० हजार पाँच सय पाँच र सम्मानपत्र रहेको छ । तनहुँको पुर्कोटका सनिश विगत सात वर्षदेखि राष्ट्रिय टोलीमा रहेर फुटबल खेल्दै आएका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत क्लबले बर्सेनी एक जना राष्ट्रियस्तरको फुटबल… पुरा पढौ

टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई

पाेखरा, २० माघ । विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा आज सम्पन्न टाइगर कप भलिबलको उपाधि जितेको छ । पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई हराउँदै उपाधि जितेको हो । ‘टाइगर ग्रुप अफ अफ पोखरा’द्वारा आयोजित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुलिस क्लब च्याम्पियन बन्न सफल भएको हो । पोखरा रङ्गशालामा भएको फाइनल खेलमा पुलिसले गण्डकीलाई ३–१ सेटले पराजित गरेको हो । पुलिसले पहिलो, दोस्रो र चौथो सेटमा जित निकालेको हो । उसले पहिलो सेट २५–२३ अङ्कले… पुरा पढौ

२४ औं आहा ! रारा पाेखरा गोल्डकपको तयारी पूरा

पोखरा २० माघ । पोखरामा मंगलबारदेखि आयोजना हुने बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गो्ल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक सहारा क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी २४ औं संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा ३ विदेशीसहित १२ टिमको सहभागिता रहने क्लबका बरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब,… पुरा पढौ

टाइगर कप भलिबलको उपाधि आयोजकलाई

पाेखरा, २० माघ । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित टाइगर कप भलिबलको उपाधि आयोजक टोलीले हात पारेको छ । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि आयोजकले जितेको हो । पोखरा रङ्गशालामा आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अघिल्लो संस्करणको विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ सेटले पराजित गर्दै आयोजक टोलीले पहिलो पटक उपाधि जितेको हो । च्याम्पियन बनेको टाइगर ग्रुपले नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउँदा उपविजेता बनेको एपिएफले रु दुई… पुरा पढौ

टस हारेर पहिले बलिङ गर्दै नेपाल

काठमाडौं, २० माघ । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आजको खेलमा नेपालले टस हारेर नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गरिरहेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेदरल्याण्ड्सकी कप्तान बाबेट डी लिडेले टस जितेर ब्याटिङ रोजिन । जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा हार बेहारेको थियो । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो । पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटको पराजित… पुरा पढौ

श्रीपञ्चमीको अवसरमा नवौं पर्वतीय दौड प्रतियोगिता हुने

पोखरा, १८ माघ । पोखरा महानगरपालिका वडा नम्बर १६ मा संधैंको बर्ष झैं श्रीपञ्चमीको अवसरमा दौड प्रतियोगिता हुने भएको छ । पोखराको केआईसिं पुलबाट सुरु भई अर्मलाकोटसम्म करिब १२ कि.मि. नवौं पर्वतीय दौड माघ २१ गते सोमवार (श्रीपञ्चमी) का दिन हुने भएकाे छ । दौड प्रतियोगितामा कार्यक्रममा सहभागी भई समयमा दौड पुरा गर्न आयोजकले आग्रह गरेको छ । दौडमा प्रथम हुनेले रु २५,०००, द्वितीय रू २०,०००, तृतीय १५,००० र सान्त्वना हुनेले रू १०,००० सहित मेडल र प्रमाणपत्र पाउनेछन् । महिला… पुरा पढौ

आर्मी र पुलिस टाइगर कप भलिबलको पहिलो क्वालिफायरमा

पोखरा, १७ माघ । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् । ‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको आर्मीले दोस्रो र तेस्रो सेटमा पुनरागमन गरेको थियो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षको पारेको थियो ।… पुरा पढौ