पर्यटन

सौराहाको पर्यटनलाई उठाउन ‘घुमौं सौराहा’ अभियान चलाइने

रत्नननगर, १४ मङ्सिर । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । यसका लागि व्यवसायी अन्तिम तयारीमा जुटेका छन् । नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने योजना बनाइएको छ । पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँ होटल तथा रेष्टुरेण्ट खुलेका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष… पुरा पढौ

पोखरा पर्यटन परिषद्मा भट्टराई

पोखरा, १३ मंसिर । पोखरा पर्यटन परिषद्को अध्यक्षमा गोपीबहादुर भट्टराई सर्वसम्मत् चयन भएका छन् । परिषद्को शुक्रबार ११ औं अधिवेशनबाट आगामी २ वर्षको लागि भट्टराई सर्वसम्मत् नेतृत्वको लागि चयन भएका हुन् । कार्यसमिति उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भए । यस्तै, सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल छन् । रिक्त २ सदस्य पछि चयन हुने छन् ।अधिवेशनको गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै कोरोनाविरुद्ध सतर्कता अपनाएर पोखराको पर्यटन व्यवसाय खुला गर्नुपर्ने… पुरा पढौ

पर्यटकीय केन्द्र ठमेलमा आठ महिनापछि चहलपहल बढ्दै

काठमाडौं, १२ मङ्सिर । काठमाडौ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको थियो । अहिले ठमेल क्षेत्र खुलेसँगै आन्तरिक पर्यटकको… पुरा पढौ

उदयपुरको रौतापोखरीमा पर्यटक बढ्दै

उदयपुर, १० मंसिर । कोरोनाको कारण झण्डै आठ महिनासम्म पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौतापोखरी क्षेत्रमा तिहारलगत्तै पर्यटक आगमन बढेको छ । भाइटीकापछि दैनिक रौता क्षेत्रमा पर्यटक बढेर अहिले दैनिक २०० हाराहारी आउने गरेको रौता होमस्टेका सदस्य तथा होटल व्यवसायी राजबहादुर मगरले बताए । होटेल सञ्चालक खड्गकुमार राईका अनुसार, अहिले दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको र दैनिक उपस्थिति भएकामध्ये ५० प्रतिशत पर्यटक रौतामा नै बास बस्ने गरेको बताए। सात–आठ महिनासम्म बन्द रौताका होमस्टे तथा होटल अहिले पर्यटकको उपस्थितिसँगै राम्ररी चल्न थालेको… पुरा पढौ

स्पा तथा वेलनेस ब्यवसाय खुल्ला गर्न वेलनेस एशाेसिएसनको माग

काठमाडौं, ९ मंसिर । बिगत नौ महिनादेखी बन्द रहेका स्पा तथा वेलनेस, ब्यूटी पार्लर र जिम जस्ता व्यवशायहरु संचालन गर्न वेलनेस एशाेसिएसन नेपालले सरकारसँग माग गरेको छ । यि व्यवसायमा हजारौं व्यवसायीहरुकाे अर्बाै लगानी रहेको र लाखौंको संख्यामा रोजगारी सृजना गरिएको क्षेत्र भएकोले सरकारले लागु गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै ब्यबसाय संचालन गर्न पाउनुपर्ने माग गरिएको स्पा एन्ड वेलनेस एशाेसिएसन नेपालका कार्यकारी अध्यक्ष सुरेश पुरीले सफल आवाजलाई बताए । स्पा तथा वेलनेस पर्यटनको अभिन्न अंग रहेको कुरा उल्लेख गर्दै विभिन्न… पुरा पढौ

चैतदेखि बन्द रहेको चिडियाखाना अझै खुलेन

काठमाडौं, ९ मङ्सिर । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने भन्ने निश्चित नभएको हो । विश्वभर फैलिएको कोभिड–१९ का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्णरूपमा चिडियाखाना बन्द गरिएको थियो । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्ने तयारी गरे पनि… पुरा पढौ

घुन्साको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिइने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

ताप्लेजुङ, ९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र तिनका लागि सो क्षेत्र खुला गरिने बताए । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाइ थियो । सरकारविरुद्ध भइरहेका… पुरा पढौ

लुम्बिनी खुलेपछि व्यवसायी पर्यटकको स्वागतकाे तयारी गर्दै

रुपन्देही, ६ मङ्सिर । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् । मायादेवी क्षेत्र खुलेसँगै उत्साहित व्यवसायीलाई अहिले लामो समयदेखि बन्द होटलका कोठा सफा गर्न, विस्तारा मिलाउन, होटल तथा रेस्टुराँमा जमेको धुलो टक्टक्याउन, झ्यालढोकाका सिसा पुछ्न र फर्निचर टल्काउन भ्याइनभ्याइ छ । कतिपयले त रङ्गरोगनका कामसमेत गर्दैछन्… पुरा पढौ

कोरोनाले प्रभावित घलेगाउँ जुर्मुराउँदै

लमजुङ, ६ मंसिर । लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् । गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । यतिबेला दैनिक ३०/३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा निरास बनेका यहाँका घरबास… पुरा पढौ

नेपाल र चीनको निकटता झन् झन् बढ्दै:अध्यक्ष तिमिल्सिना

काठमाडौं, ६ मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताएका छन् । ‘युनान साङ्ग्रिला सांस्कृतिक आदानप्रदान तथा तस्वीर प्रदर्शनी’ शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको स्पष्ट गरे । चिनियाँ पर्यटकलाई आकर्षित गर्ने खालका उत्पादन नेपालसँग रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । “कोभिड –१९ को महामारी भए पनि दुई देशका जनताबीचको मनको निकटता झन् झन् बढेको छ”, उनले भने । सो… पुरा पढौ