arthamantri

तत्काल नयाँ अर्थमन्त्री नियुक्त नगर्ने मूडमा प्रधानमन्त्री, आफैं सम्हाले जिम्मेवारी

काठमाडौं, ३ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामा घोषणा गरेका थिए । शर्माले संसदमा सम्बोधन गर्दै आफूले छानबिनका लागि मार्गप्रशस्त गर्ने बताएका थिए । उनको राजीनामापछि प्रधानमन्त्री देउवाले अर्थमन्त्रालयको जिम्मेवारी आफैं सम्हालेका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रालयको कार्यभार देउवालाई तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती… पुरा पढौ

योजना आयोगका ६ पूर्व उपाध्यक्षको बक्तव्य : बजेट निर्माणको प्रक्रिया र अर्थमन्त्रीमाथि छानबिन गर

काठमाडौं, २२ असार । राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षले बजेट निर्माणमा उठेका प्रश्नहरको छानबिन गर्न माग गरेका छन् । बजेट निर्माणमा अर्थमन्त्री जनादर्न शर्माले अनाधिृकत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत संसदीय छानविन समिति बनाउन माग गरेको छ । सरकारले छानविनका लागि रुची नदेखाएपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग विपक्षीसँगै सत्तारुढ कांग्रेसमा समेत उठेको छ । योजना आयोगका पूर्व उपाध्यक्षहरु प्रा. पृथ्वीराज लिगल, डा. जगदिशचन्द्र पोखरेल, युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, प्रा.डा. गोविन्दराज पोखरेल र प्रा. डा.… पुरा पढौ

राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २९ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रुपमा प्रस्तुत गरिएकाले सोही अनुसार निर्देशित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन सम्बद्ध पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । राष्ट्रिय बीमा नीतिको मस्यौदामाथि छलफल गरी सुझावहरु सङ्कलन गर्ने उद्देश्यले ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सरकारले बजेटमा बीमा सहित पूँजी बजारलाई प्राथमिकता दिएको बताए । देशका सबै क्षेत्र र बर्गलाई समेट्ने गरी समावेशीकरणमा जोड… पुरा पढौ

सबै निकायसँग छलफल गर्दै बजेट निर्माणमा जुट्याे अर्थ मन्त्रालय

काठमाडौं, १३ वैशाख । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणलाई तीव्रता दिएको छ । पछिल्लो समय मन्त्रालयले विभिन्न मन्त्रालयहरूसँग बजेट निर्माणको प्राथमिकता लगायतका विषयमा छलफलमा जुटिरहेको छ । अर्थ मन्त्रालयले सोमवार बिहान वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ । त्यस्तै दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको थियो । वन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले वनको विनाश नगरी अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताएका थिए । उनले विदेशबाट ठूलो… पुरा पढौ