arthatantra

आर्थिक सर्वेक्षण : आर्थिक वृद्धि ५.८४ प्रतिशत, व्यापार घाटा कहालीलाग्दो

काठमाडाैं, १५ जेठ । चालू आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्रको वृद्धिदर सामान्य रूपमा सुधार भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा पेश गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार, यस वर्ष नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.२५ प्रतिशत मात्रै थियो । यस वर्षका कोभिड महामारी न्यूनीकरण भएको र उर्जा क्षेत्रको उत्पादन र विस्तारले आर्थिक वृद्धिमा योगदान गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।आगामी आर्थिक वर्षको बजेट… पुरा पढौ

नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ पुग्यो

काठमाडौं, १५ जेठ । नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले शनिबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) नेपालको अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुगेको छ । चालू आवको पहिलो ८ महिनासम्ममा नेपालको अर्थतन्त्रको आकार ५ खर्ब ८५ अर्ब ३० करोड रुपैयाँले बढेको देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो… पुरा पढौ