broker

मौद्रिक नीतिका लागि ब्रोकर एसोसिएसनले राष्ट्र बैंकलाई दियो यस्ताे सुझाव

काठमाडौं, २६ असार । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सात बुँदे सुझाव दिएको छ । नेपालको पुँजी बजारको विकास तथा बिस्तार र दोस्रो बजारको विकासका लागि उक्त सुझाव दिएको एसोसिएसनले जनाएको छ । एसोसिएसनले दिएको सुझावमा मौद्रिक नीतिमा सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा एक व्यक्ति वा संस्थाले एक बित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र बित्तीय प्रणालिबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिनसक्ने व्यवस्थाको कार्यान्वयनले बजारमा सेयरको आपूर्ति अप्राकृतिक रूपमा… पुरा पढौ

धितोपत्र बोर्डले हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने

काठमाडौं, २२ असार । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र खुला रूपमा हरेक वर्ष वितरण गर्ने भएको छ । हाल सेयर ब्रोकरका लागि परीक्षा लिने अनि मात्र लाइसेन्स दिने व्यवस्था गरिएकोमा बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरेर हरेक वर्ष साउनमा इच्छुक ब्रोकरसँग आवेदन खुला गर्ने तथा रितअनुसार योग्यता पुगेकालाई लाइसेन्स दिने व्यवस्था लागू भएको छ । नियमावलीका अनुसार हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीले २ करोड… पुरा पढौ

१० वटा ब्रोकरलाई १५ स्थानमा शाखा खोल्न अनुमति दिँदै धितोपत्र बोर्ड, कुन ब्रोकर कहाँ ?

काठमाडौं, १५ असार । नेपाल धितोपत्र बोर्डले ४ वटा ब्रोकर कम्पनीलाई ७ वटा शाखा खोल्न अनुमति दिएको छ भने १० वटा ब्रोकरलाई १५ स्थानमा शाखा खोल्न अनुमति दिने तयारीमा जुटेको छ । बोर्डका अनुसार धितोपत्र दलाल व्यवसायीको शाखा संचालनका लागि बोर्डले अहिलेसम्म भिजन सेक्युरिटिलाई ४ स्थानमा, अनलाइन सेक्युरिटिजलाई १ स्थानमा, दिपशिला धितोपत्र कारोबार कम्पनीलाई १ ठाँउमा र नेपाल स्टक हाउसलाई २ स्थानमा शाखा खोल्न अनुमति दिएको छ । यस्तै बोर्डले पूर्वाधार तयार गर्न १० वटा ब्रोकरको १५ वटा शाखालाई अनुमति… पुरा पढौ