cbfin

अध्ययनको दाबी : व्यापार घाटा बढ्नुको प्रमुख कारण बैंक कर्जा र रेमिट्यान्स

काठमाडौं, २४ असार । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढाएको एक अध्ययनले जनाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययन प्रतिवेदनका अनुसार व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा हो । रेमिट्यान्सले बैंकमा निक्षेप बढाएको र बैंकले कर्जा लगानीको हिसाबले व्यापार घाटा बढाएको अध्ययनले देखाएको छ । व्यापार घाटाको सम्बन्ध रेमिट्यान्ससँग ७५ प्रतिशत, बैंकको कर्जामा ८५… पुरा पढौ

अर्थतन्त्र सुधारको लागि सिबिफिनले थाल्यो पहल

काठमाडौं, २२ असार । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयुक्त आयोजनामा अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले विषयवस्तुमाथि धारणा राख्दै मुलुकको अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थामा रहेकोले हामी सबैले हातेमालो गरी वर्तमान चुनौतीको समाधानको बाटो खोज्नुपर्ने बताए । राज्यमन्त्री श्रेष्ठले पेट्रोलियम पदार्थको आयात र उपभोगको दर बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा ह्रास आएको तथा स्वदेशी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने क्षेत्रमा लगानी बढ्न नसकेकोमा… पुरा पढौ

सिबीफीनको टोलीसँग प्रधानमन्त्री देउवाले भनेः अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य हुनेछ

काठमाडौं, १७ असार । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) को प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । सिबीफीनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग विभिन्न मागहरू समेत राखेको छ । देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि चालिनुपर्ने नीतिगत कदमहरूकाबारे सिबीफीनले प्रधानमन्त्री देउवालाई जानकारी गराएको सिबीफीनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले जानकारी दिए । भेटघाटका क्रममा सिबीफीनले वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरूको सहकार्यमा अध्ययन गरी तयार गरेका बैंक तथा वित्तीय संस्थाका अप्ठारा र चुनौतिहरू… पुरा पढौ

नयाँ बजेटमा परिसंघको सुझाव :‘बैंकिङ क्षेत्रले तिर्ने कर्पोरेट ट्याक्स ३० प्रतिशतबाट घटाएर २५ प्रतिशत कायम गरिनुपर्छ’

काठमाडौं, ११ जेठ ।  बैंकिङ क्षेत्रले तिर्ने कर्पोरेट ट्याक्स ३० प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने सुझाव बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) ले दिएको छ । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको छाता संस्था– बैंक तथा वित्तीय संस्था परिसंघले आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटले सम्बोधन गर्नुपर्ने विविध विषयवस्तुहरूमा संस्थागत सुझावहरू अर्थ मन्त्रालयमा बुझाएको छ । सिबिफिनले बजेटका लागि सुझाव दिँदै बैंक तथा वित्तीय संस्थाहरूले तिर्ने आय कर (कर्पोरेट ट्याक्स) ३० प्रतिशतबाट घटाएर अन्य व्यवसायसरह २५ प्रतिशत कायम गरिनुपर्ने,… पुरा पढौ