chamber

पुँजीबजार सुधारका लागि यस्तो छ चेम्बरको नीतिगत सुझाव

काठमाडौं, ५ साउन । नेपाल चेम्बर अफ कमर्सले पुँजीबजारको विकासका लागि सरोकारवाला सरकारी निकायलाई नीतिगत सुझाव दिएको छ । पुँजीबजारको स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डलगायतका सरकारी निकायलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल जानकारी दिए । मल्लका अनुसार विभिन्न कारणले पछिल्लो समय पुँजीबजार धरासायी बन्दै गएको र लगानीकर्ताहरु निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीन वटै निकायमा छुट्टा छुट्टै सुझाव पेश गर्नुपरेको हो । चेम्बरले… पुरा पढौ

११ आर्थिक विधेयक संसदमा अलपत्र, छिटो पारित गर्न चेम्बरको माग

काठमाडौं, ४ साउन । प्रतिनिधि सभामा विभिन्न ११ आर्थिक विधेयकहरू विचाराधीन अवस्थामा रोकिएका छन् । अर्थसम्बन्धी ती विधेयकहरू पारित नहुँदा निजी क्षेत्रको समस्याहरू सम्बोधन हुन सकेको छैन । यसबीचमा नेपाल चेम्बर अफ कमर्सले विचाराधीन विभिन्न विधेयकहरू पारित गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेको छ । मंगलवार सभामुखलाई भेटी चेम्बरका प्रतिनिधिले संसद्मा विचाराधीन अर्थसँग सम्बन्धित विधेयक पारित गर्न माग गरेका हुन् । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले विधेयकहरू रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुन नसकेको सभामुख सापकोटासँग गुनासो गरेका… पुरा पढौ

‘नेपाल चेम्बर एक्स्पो २०२२’ आजदेखि

काठमाडौं, २ असार । ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आज (बिहीवार)देखि सञ्चालन हुने भएको छ । नेपाल चेम्बर अफ कमर्शले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा एक्स्पो आयोजना गर्न लागेको हो । ६ असारसम्म चल्ने एक्स्पोको मुख्य उद्देश्य निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण लगायत रहेको चेम्बरले जानकारी दिएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने पाँचौं संस्करणको उक्त एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदानप्रदान र नेपाली उत्पादनको बजारीकरणमा जोड दिइने चेम्बरले बताएको छ । चेम्बरका अनुसार… पुरा पढौ

बजेट सकारात्मक भएपनि कार्यन्वयनको पाटो चुनौतिपूर्ण : चेम्बर अफ कमर्स

काठमाडौं, १७ जेठ । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएपनि कार्यन्वयनको पाटो निकै चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको १७ खर्ब ९३ अर्व ८३ करोड रुपैयाँको बजेट आकार पनि ठूलो भएको चेम्बरले जनाएको छ । चालु आर्थिक वर्षमा १६ खर्ब ३३ अर्व रुपैयाँको बजेट ल्याए पनि खर्च गर्न नसकेर संशोधन मार्फत १४ खर्ब ४७ अर्व ५१ करोड रुपैया“को बनाइएको भन्दै चेम्बरले बजेट यथार्थमा आधारित हुन नसकेको बताएको… पुरा पढौ