cni

३ दिने रोजगार तथा सीप मेला आयोजना गर्दै सीएनआई

काठमाडौं, २५ साउन । नेपाल उद्योग परिसंघले १७–२० कात्तिकमा सीएनआई रोजगार सीप मेला आयोजना गर्ने भएको छ ।परिसंघले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने जानकारी दिएको हो । चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागी हुने परिसंघले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले मेलामा सीप विकाससम्बन्धी विभिन्न विषयमा वृहत छलफल हुनुका साथै सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुति समेत हुने बताए ।… पुरा पढौ

मौद्रिक नीतिले कर्जाको ब्याजदर बढाउने र रोजगारी सिर्जनामा समेत प्रभावित पार्नेछ : परिसंघ

काठमाडौं, १३ साउन । नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक मौद्रिक नीति कार्यान्वयनबाट कर्जाको ब्याजदर बढ्ने बताएको छ । मौद्रिक नीतिबारे अाफ्नाे धारणा सार्वजनिक गर्दै परिसंघले मौद्रिक नीतिको कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने, वाह्य क्षेत्र तथा शोधनान्तरस्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने बताएको हो । केन्द्रीय बैंकले उत्पादन मुलक क्षेत्रका लागि खुकुलो तथा अन्य क्षेत्रका लागि कसिलो मौद्रिक नीति ल्याएको समेत परिसंघले जनाएको छ । परिसंघले स्ट्यागफ्लेसन तिर बढ्दै गएको अर्थतन्त्रलाई जोगाउन दोहोरो नीति… पुरा पढौ

उद्योगहरूको आय वृद्धिदर र उत्पादन क्षमतामा किन भयाे गिरावट ?

काठमाडौं, ३ साउन । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन पश्चात औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अङ्क सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन । चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदन अनुसार दोस्रो त्रैमासको तुलनामा यस अवधिमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको देखिएको छ। यस अवधिमा उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत उपयोग… पुरा पढौ

राष्ट्र बैंकको सञ्चालक समितिमा निजी क्षेत्रको सहभागीताकाे मागसहित परिसंघले दियाे मौद्रिक नीतिका लागि यस्ता सुझाव

काठमाडौं, २९ असार । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकको संचालक समितिमा निजी क्षेत्रको प्रतिनिधित्व राख्न आग्रह गरेको छ । परिसंघले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिँदै यस्तो माग गरेको हो । साथै परिसंघले मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार परिसंघले सुझाव दिदै विद्यमान आर्थिक अवस्थालाई ध्यानमा राखेर अर्थतन्त्र चलायमान गराउने नीति लिन आग्रह गरेको हो… पुरा पढौ

तरलता व्यवस्थापन गर्न उद्योग परिसंघले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण, दियो यस्तो सुझाव

काठमाडौं, २४ असार । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले प्रधानमन्त्री देउवासँग बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो । भेटवार्ताका क्रममा परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिती,… पुरा पढौ

कृषि लगायत क्षेत्रमा ब्राजिलको प्रविधि नेपाल भित्र्याउन उद्योग परिसंघ र दूतावासबीच छलफल

काठमाडौं, ९ असार । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ । कृषि, ब्राजिलले इन्धनको रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भएको हो । राजदूत हार्टोगलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, सेवा, उत्पादनमुलक उद्योगको प्रबद्र्धनसहित समग्र देशको आर्थिक संबृद्धिका लागि काम गर्दै आएको बताए । परिसंघले स्वदेशी उत्पादन बढाउन जोड दिदै आएको र कृषि… पुरा पढौ

आइटी पार्क निजी क्षेत्रको सहभागितामा बनाउन परिसंघको आग्रह

काठमाडौं, ७ असार । नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ ।  परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. बैकुण्ठ अर्याल, सहसचिवहरूसँग छलफल गरेको हो । परिसंघले भारत, फिलिपिन्स लगायतका मुलुकले दिए जस्तो सुविधा दिएर आइटी पार्क निजी क्षेत्रलाई बनाउन दिन आग्रह गरेको छ । ‘सूचना प्रविधि क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्ने अवसर राज्यलाई छ । सूचना प्रविधि निर्यातमा सत् प्रतिशत मूल्यअभिबृद्धि (भ्यालु एडिसन) हुने… पुरा पढौ

उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच छलफल, श्रम सम्बन्ध बलियो बनाउन सहमत

काठमाडौं, ३० जेठ । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ। परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौं श्रम संसदबाट चयन भएका पदाधिकारीलाई बधाई समेत दिएको छ। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ को विशेष परिस्थितीमा कर्मचारीहरुले समझदारी पूर्ण सहयोग गरेको बताए। केन्द्रको स्थापना भएदेखि राम्रो श्रम सम्बन्ध स्थापित हुँदै आएको भन्दै उनले ट्रेड युनियन, कर्मचारीहरुबाट राम्रो सहयोग पाइरहेको बताए। मुलुकको अर्थतन्त्रको अहिलेको मुख्य चुनौती तरलता, शोधनान्तर घाटा, विदेशी मुद्रा संचितिमा परेको चाप… पुरा पढौ

बजेटबारे परिसंघले सार्वजनिक गर्‍यो धारणा, के भन्यो ?

काठमाडौं, १९ जेठ । नेपाल उद्योग परिसंघले सरकारले ल्याएको बजेटमा सुझाव समेटिएको भन्दै स्वागत गरेको छ । परिसंघले नेपाल सरकारसँगको सहकार्यमा कार्यान्वयन गरिरहेको ‘मेक इन नेपाल’ अभियानमा सहयोग गर्ने घोषणा भएकोमा नेपाल सरकारमा धन्यवाद व्यक्त गरेको छ । औद्योगिकरण र स्वदेशी उत्पादन अभिबृद्धिका लागि परिसंघले लामो समयका लागि स्वदेशी दशकको कार्यक्रम ल्याउन माग गरिरहेको सन्दर्भमा बजेटमा ‘उत्पादनमा वृद्धिः मुलुकको विकास र समृद्धि विशेष अभियान दशक २०७९/०८९’ संचालन गर्दै नेपाली उत्पादनको वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिबृद्धिका लागि प्रधानमन्त्री… पुरा पढौ

अष्ट्रेलियाली राजदूतसँग सीएनआईको छलफल, लगानीकर्तालाई नेपाल आकर्षित गर्न सघाउन आग्रह

काठमाडौं, २७ वैशाख । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ । नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको संभावना रहेकाले त्यस्ता क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न पहल गरिदिन परिसंघले आग्रह गरेको हो । परिसंघले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्न पनि राजदूत भोल्कसमक्ष आग्रह गरेको छ । कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी… पुरा पढौ