expenditure

सरकारकाे विकास खर्च निराशाजनक, ११ महिनामा साढे ६३ प्रतिशतमात्रै बजेट खर्च

काठमाडौं,२ असार। चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा सरकारले करिब साढे ६३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । चालु आवको २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा सरकारले ६३.४२ प्रतिशत मात्र बजेट खर्च गरेको हो । यसअवधिमा लक्ष्यको साढे ७९.८ प्रतिशत बजेट स्रोत जुटाएको सरकारको विकास खर्च भने अत्यन्त निराशाजनक छ ।११ महिनाको अवधिमा सरकारको विकास खर्च ३६.४९ प्रतिशत मात्र छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ ३० गते मंगलबारसम्म सरकारले ३६.४९ प्रतिशतमात्रै पूँजीगत खर्च गर्न सकेको छ… पुरा पढौ