insurance

वैदेशिक रोजगार बीमाबाट संकलन हुने बीमाशुल्क बढ्याे, कुन कम्पनीले कति गरे संकलन ?

काठमाडौं, २७ साउन । जीवन बीमा कम्पनीहरूमा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट संकलन हुने बीमाशुल्क बढेको छ । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमाबाट २ अर्ब २७ करोड ४६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो आवमा यस्तो बीमाबाट कम्पनीहरूले ६३ करोड रूपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलना जारी बीमालेखको संख्या भने घटेको छ । जीवन बीमा कम्पनीहरूमा गत आवमा वैदेशिक रोजगारका ४ लाख ५२ हजार ८९१ वटा बीमालेख जारी भएका छन्… पुरा पढौ

ज्योति र सूर्या लाइफ मर्जर सम्झौताको मस्यौदा पारित

काठमाडौं, २५ साउन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलवार विशेष साधारण सभा सम्पन्न गरेको छ। उक्त सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश भएको प्रारम्भिक संझौतापत्रको मस्यौदालाई स्वीकृत गरेको छ । नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पुँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनी सँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट एवं संचालक समिति समक्ष… पुरा पढौ

सिद्धार्थ र प्रिमियर इस्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पुँजी साढे २ अर्ब पुग्ने

काठमाडौं, २८ असार । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इस्योरेन्सले मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। सोमबार दुवै इन्स्योरेन्सका अध्यक्षले विशेष समारोहबीच मर्जरमा जान समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रतनलाल केडिया र प्रिमियरका तर्फबाट अध्यक्ष सुरेसलाल श्रेष्ठले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई कम्पनी एक बराबर एक (१:१) को अनुपातमा सेयर स्वाप हुने सहमतिका साथ मर्जरमा जान लागेको दुवै कम्पनीले जनाएका छन् । यस अनुपातमा गाभिँदा बन्ने एकिकृत कम्पनीको चुक्ता पुँजी २… पुरा पढौ

किन स्थगित भयो इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका ?

काठमाडौं, १३ वैशाख । इञ्जिनियरिङ बीमा दरसम्बन्धी निर्देशिका २०७८ स्थगित भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका स्थगित गरिएको जानकारी दिएका हुन । बीमा समितिको आयोजनामा सोमबार काठमाडौंमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरूसँग भएको इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले निर्देशिका स्थगित गर्ने जानकारी दिएका हुन् । अध्यक्ष सिलवालको सभापतित्वमा भएको उक्त छलफल कार्यक्रममा बीमा समितिबाट मिति २०७८ साल असोज ६ गते जारी भएको इञ्जिनीयरिङ्ग बीमा… पुरा पढौ