janardan

अर्थ मन्त्रालयले विवादित सिसीटीभी फूटेज दिएन, अर्थमन्त्रीको राजीनामा र याे प्रकरणकाे छानबिन गर्न उपभोक्ता मञ्चकाे माग

काठमाडौं, २० असार । अर्थ मन्त्रालयले जेठ १४ गतेको सीसीटीभी फुटेज अभिलेखमै नभएको बताएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक प्रयोग गर्दै मन्त्रालयमा सीसीटीभी माग गरेपछि अर्थमन्त्रालयले फुटेज नै नभएको बताएको हो । आगामी आर्थिक वर्षको बजेट लेखनका क्रममा जेठ १४ गते राति अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेर करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेपछि सीसीटीभी फुटेजको समेत माग गरिएको थियाे। उता अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज कसैले माग्दैमा दिन नसकिने बताउँदै आएका… पुरा पढौ

पूर्वका व्यवसायीलाई अर्थमन्त्रीले भने : स्वदेशी उद्योगलाई अप्ठ्यारो पार्ने नीति छैन

काठमाडौं, २८ जेठ । अर्थमन्त्री जनार्दन शर्मा र पूर्वका उद्योगी, व्यवसायीबीच आगामी आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रवार भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९/८० को बजेटले वायर, घिउतेल र स्यानिटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए । त्यसक्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुकभित्रै औद्योगिकीकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन… पुरा पढौ

सर्वाेच्चकाे निर्णय विपरीत अर्थमन्त्रीले भने : निजगढ विमानस्थल यसै वर्षबाट बन्छ

काठमाडौं, २२ जेठ । अर्थमन्त्री जनार्दन शर्मा पौडेलले निजगढको अन्तराष्ट्रिय विमानस्थल यसै बर्षभित्र निर्माण शुरू गर्ने बताएका छन्। वीरगन्ज उद्योग वाणिज्य संघको ४६ औँ बार्षिक साधारण सभालाई शनिबार वीरगन्जमा सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्। यसअघि सर्वोच्च अदालतले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने आदेश जारी गरेको थियो।अर्थमन्त्री शर्माले सो आदेश विपरित वक्तव्य दिएका हुन् । निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भनेर आफूले गएको १५ जेठमा प्रस्तुत गरेको बजेटमा पनि उल्लेख गरिएको तर्क गर्दै मन्त्री शर्माले भने,'यो विमानस्थल बन्छ, बनाउनै… पुरा पढौ

बजेट संयमित भएर ल्याएका छौं, चुनावमुखी होइन: अर्थमन्त्री

काठमाडौं, १७ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संयमित भएर ल्याएको भन्दै यसको लक्ष्य प्राप्त हुने दाबी गरेका छन् । आर्थिक वर्ष (आव) २०७९/८० को बजेट सार्वजनिक भएको भोलिपल्ट सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले चुनावमुखी नभई संयमित बजेट ल्याएको दाबी गरे । शर्माका अनुसार अघिल्लोको तुलनामा यसपालि बजेटको आकारदेखि ऋणसम्मको वृद्धिदर घटाइएको छ । बजेटमा प्रस्तुत विषयहरू कार्यान्वयन हुँदैन कि भन्ने आशंका नगर्न उनले आग्रह गरे । ‘हामीले बजेटमा निश्चित लक्ष्य राखेर जाने भनेका छौं ।… पुरा पढौ

जब संसदमा अर्थमन्त्रीलाई राजीनामा किन नदिएको भन्दै प्रश्न सोधियो…

काठमाडौं, ५ जेठ । बुधवार दिउँसो प्रतिनिधि सभामा बजेटका सिद्दान्त र प्राथमिकता विधेयकमाथि छलफल भइरहेको थियो । छलफलमा नेकपा एमालेका नेता खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा किन नगरेको भन्दै प्रश्न गरे ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले पूनर्बहाली गरेपछि अर्थमन्त्री शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा किन त्यस्तो नभएको भन्दै नेता अधिकारीले प्रश्न गरेका हुन् । ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निकाल्नु भयो, फेरि उहाँ पूनर्बहाली पनि हुनुभयो, ऊ बेलामा महेश आचार्यले त राजीनामा दिनु भएको थियो… पुरा पढौ