Mechi Customs

मेची भन्सारबाट १ करोड ८७ लाख असूल गर्नू: महालेखा

काठमाडौं, ५ साउन । मेची भन्सार कार्यालयबाट राजस्व छली गरिएको एक करोड ८७ लाख ८० हजार रुपैयाँ उठाउन महालेखाले सुझाव दिएको छ। कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर छली गरिएको उक्त रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको हो । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट मिलेमतोमा दाना आयात गर्दै आएका पैठारीकर्ताहरुले राजस्व छली गरेको रु ८२ लाख ११ हजार भन्सार महसुल रकम असुल गर्न निर्देशन दिइएको छ ।… पुरा पढौ