urja

एडीबीका उपाध्यक्षसँग उर्जा मन्त्रीको भेट : क्षेत्रीय स्तरमा व्यापार विस्तारका लागि सहयोगको आग्रह

काठमाडौं, ६ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष सिचीन छिनले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा सोमवार भएको भेटमा उनीहरूबीच एडिबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे छलफल भएको थियो । छलफलमा मन्त्री भुसालले नेपालको विकासमा एडिबीले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा ऊर्जा उत्पादन र वितरणमा महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरिन् । ऊर्जा एवं सिँचाइका क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तरराष्ट्रिय निकायसँग सहयोगको अपेक्षा… पुरा पढौ