मुनाल सहकारीका कर्मचारीको कोरोना बीमा

-



     सफल आवाज    
     असार २३ गते २०७७ मा प्रकाशित



मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणबीच कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान राख्दै सहकारीले प्रत्येक कर्मचारीको १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गरेको सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले जानकारी दिए।

सहकारी र अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाबीच सम्झौता अनुसार बीमा गरिएको उनले बताए।

जसअनुसार सहकारीमा कार्यरत कुनै पनि कर्मचारीहरुको पीसीआर टेष्टमा पोजेटिभ देखिए बीमा कम्पनीले सम्झौता बमोजिमको रकम तत्काल उपलब्ध गराउने छ।

बीमा अवधि १ वर्षको हुने सहकारीका प्रबन्धक अम्बर थापाले बताए।

मुनाल सहकारीको कार्यक्षेत्र कास्की जिल्लाभर छ।