मुक्तिनाथलाई उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार

-



     सफल आवाज    
     श्रावण २ गते २०७७ मा प्रकाशित


मुक्तिनाथ विकास बैंकले ‘उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार’ प्राप्त गरेको छ । सो पुरस्कारलाई बैंकिङ क्षेत्रमा अति प्रतिष्ठित पुरस्कार मानिन्छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएकोमा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्रतर्फ यसपालि आव २०७५/०७६ को लागि सो पुरस्कार मुक्तिनाथलाई दिएको हो ।

संस्थाले बैंकिङ, वित्तीय, वीमा, सार्वजनिक क्षेत्र इकाइ र सामान्य क्षेत्र गरी विभिन्न ५ विधामा सो पुरस्कार प्रदान गर्दै आएको छ ।

आईक्यानले संस्थाको नवनिर्वाति अध्यक्ष तथा उपाध्यक्षको शपथ ग्रहण समारोहमा मुक्तिनाथलाई बैंक र वित्त कम्पनीमध्येबाट सो पुरस्कार हस्तान्तरण गरेको हो ।

समारोहका प्रमुख अतिथि महालेखापरीक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरे ।

मुक्तिनाथले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको सूचना अधिकारी तीलबहादुर गुरुङले बताए । बैंकले प्रविधिमा आधारित रही मोबाईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ लगायत सेवा समेत प्रदान गर्दै आएको छ ।