कालिका लघुवित्तको कामु सिइओमा खत्री

-



     सफल आवाज    
     श्रावण ३ गते २०७७ मा प्रकाशित



कालिका लघुवित्त वित्तिय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कमल खत्री नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको असार ३१ को बोर्ड बैठकले खत्रीलाई कामु सिइओमा नियुक्त गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत रहेका मीनबहादुर बोहरा बाहिरिएपछि सोही संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत रहेका खत्रीले सो जिम्मेवारी पाएका हुन् ।

विगतमा जनसेवी लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत रहेका खत्रीसँग २३ वर्षको वित्तीय अनुभव छ । जनसेवी र कालिका मर्जरपछि उनी संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत थिए ।