सिद्धार्थ विकास बैंकका संचालक सिलवाल पक्राउ

-



     सफल आवाज    
     श्रावण ४ गते २०७७ मा प्रकाशित


सिद्धार्थ विकास बैंकका तत्कालीन सञ्चालक मधुसुदन सिलवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सिलवाललाई पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भए पनि फरार रहेका उनलाई पक्राउ गरिएको प्रहरीले जनायो । विभिन्न मुद्दामा ५ वर्ष कैद र १ करोड ३० लाख जरिवाना भुक्तान गर्न बाँकी रहेको जनाइएको छ ।

बैंकिङ कसूर मुद्दा लागेपछि त्यतिखेर उनी २०७० असार ४ गते पक्राउ परेका थिए। उच्च अदालत पाटनको २०७० साउन ११ को आदेश अनुसार सिलवाललाई ३० लाख धरौटीमा तारेखमा छाडेको थियो।

तर, उनी म्याद गुज्रेर बसेकाले २०७३ असोज ४ गते फैसला अनुसार २ वर्ष कैद ३० लाख धरौटी जफत फैसला भएको थियो। अदालतले २०७३ चैत २४ गते ३ वर्ष कैद र १ करोड जरिवानाको अन्तिम फैसला गरेकामा उनी फरार रहेकामा पक्राउ परेका हुन्।

सिलवाल भक्तपुर बालकोटका हुन् ।