पोखरा फाइनान्सको २१ औं शाखा सुनवलमा

-



     सफल आवाज    
     श्रावण ११ गते २०७७ मा प्रकाशित



पोखरा न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले नवलपरासी पश्चिम सुनवल–१ मा शाखा विस्तार गरेको छ । सो शाखा फाइनान्सको २१ औं शाखा हो ।

राष्ट्रियस्तरको पोखरा फाइनान्सले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तार गर्ने हेतुले सुनवल शाखा संचालनमा ल्याएको जानकारी प्रमुख कार्यकारी अधिकृत (सीइओ) रविचन्द्र गुरुङले दिए ।

चुक्ता पुँजी ९१.७२ करोड रहेको संस्थाको हालसम्म निक्षेप ७ अर्ब ५८ करोड तथा कर्जा लगानी ६ अर्ब ३३ करोड रुपैयाँ छ ।

फाइनान्सका विभिन्न शाखा मार्फत निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकि∙, सिआस्वा, आइपिएस, चेक क्लीअरिङ, रेमिटेन्स लगायत आधुनिक बैंकिङ सेवा प्रदान गरिँदै आएको सीइओ गुरुङले जानकारी दिए ।