१० करोडको ट्रेजरी बिल बिक्री गरिँदै

-



     सफल आवाज    
     श्रावण ११ गते २०७७ मा प्रकाशित




नेपाल राष्ट्र बैंकले सोमबार १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार ट्रेजरी बिल बिक्री हुन लागेको जनाएको हो । टे«जरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ ।

कुल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ । यसअघि बैंकले साउन ५ मा पनि ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । रासस