शेयर बजारमा २.६२ अंकको गिरावट, कारोबार रकम भने १ अर्ब ८१ करोड नाघ्यो

-



     सफल आवाज    
     श्रावण १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोश्रो दिन आज सोमबार २.६२ अंकले घटेको छ । आज नेप्से २.६२ अंकले घटेर १ हजार ४ सय ६२ दशमलव ४८ विन्दुमा कायम भएको छ भने १ अर्ब ८१ करोड २५ लाखको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज ४२ लाख ५७ हजार १ सय ६१ कित्ता शेयर २८ हजार ४ सय ९५ कारोबार मार्फत किनबेच भएको छ ।

आज नेप्सेमा विकास बैंक, म्यानूफेक्चर तथा प्रोडक्सन, माइक्रो फाइनान्स र अन्य समूह बाहेक सबै समूह नकारात्मक बन्न पुगेका छन् ।