
काठमाडौं, २२ कात्तिक । आजदेखि सञ्चालन हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा विभिन्न देशका निर्णायकले खेलाडीको मूल्याङ्कन गर्ने भएका छन् ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत् अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालसहित भारत, म्यानमा र अस्ट्रेलियाका निर्णायकले खेलाडीको मूल्याङ्कन गर्ने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।। उक्त च्याम्पियनसिपमा नेपालका रवीन्द्र मल्ल, भारतका अतुल पानगोत्रा, म्यानमाका अनुक न्यान तथा अस्ट्रेलियाका रियानलले निर्णायकको भूमिका निर्वाह गर्नेछन्।न
सो च्याम्पियनसिपमा प्राविधिक टोलीको नेतृत्व नेपालका कविराज खड्गीले गर्ने घिसिङले बताए । उक्त टोलीलाई राष्ट्रिय निर्णाक बब्लु सिवाकोटी, अर्जुनभक्त राई, राजकुमार लामा, टिकादत्त दाहाल र गोपाल भण्डारीले सहयोग गर्नेछन्। दुई दिनसम्म सञ्चालन हुने सो च्याम्पियनसिपमा नेपालसहित १९ देशका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालका एक सय ९० तथा भारत, हङकङ, मलेसिया, श्रीलंका, म्यानमा, मकाउ, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले प्रतिष्पर्धा गर्ने संयोजक घिसिङले जानकारी दिए ।
प्रतियोगिता युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा हुन लागेको हो । उक्त च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिको उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । महिला र पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको आयोजकले जनाएको छ ।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




