
काठमाडौं, ३ माघ। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली एपीएफ क्लब विजयी भएको छ । एपीएफले प्रदेश–१लाई १३५ रनले पराजित गरेको हो ।
कीर्तिपुर त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफ क्लबले ४८ दशमलव चार ओभरमा सबै खेलाडी गुमाएर २४३ रन बनायो । उसका लागि आशिफ शेखले अर्धशतकीय पारी खेले। उनले ३२ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे ।
सुवास खकुरेलले १९, कप्तान शरद भेषवाकरले २०, प्रदिप ऐरीले सात, सुमित महर्जनले १४, बसन्त रेग्मीले ४०, भुवन कार्कीले सात, कमलसिंह ऐरीले पाँच र किशोर महतोले १९ रन बनाए । बलिङतर्फ प्रदेश नं १ का लागि फिरदोश अन्सारी, दिपेश कँडेल, हमेन्त राई र श्रवण यादवले दुई दुई विकेट लिए ।
दुई सय ४४ रनको विजय लक्ष्य पछ्याउने क्रममा प्रदेश १ ले ४२ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १०८ रन मात्र बनायो । प्रदेश एकका लागि दिपक पासवानले १३, मनिश थापाले १८ र फिरदोस अन्सारीले १७ रन बनाए । बलिङतर्फ एपीएफका अभिनाश बोहोरा एक्लैले पाँच विकेट लिनुभयो । यस्तै बसन्त रेग्मीले दुुई विकेट लिए ।
जितसँगै समूह ’ए’मा रहेको एपीएफले दुई अङ्क जोडेको छ । यही समूहमा रहेको त्रिभुवन आर्मी क्लबको पनि दुई अंक छ । आर्मीले शुक्रबार सम्पन्न खेलमा गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको थियो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




