
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत प्ले ग्रुप (पीजी) देखि कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरी मंसिर ३ र ४ गते शिविर सञ्चालन गरिएको बिद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए ।
पोखराको न्युरोड स्थित पैरवी हेल्थ एन्ड डेन्टल केयर सेन्टरको सहयोगमा सञ्चालित शिविरमा दन्त चिकित्सक दशमी गुरुङ सहितको स्वास्थ्य टोलीले विद्यार्थीहरूको दाँत तथा मुख स्वास्थ्य परीक्षण भएको प्राचार्यले श्रेष्ठले उल्लेख गरे ।
शिविरका क्रममा विद्यार्थीहरूलाई दाँतको नियमित सरसफाइ, सही तरिकाले ब्रस गर्ने विधि, मुख स्वास्थ्यको महत्तव तथा दाँतसम्बन्धी समस्याबाट बच्ने उपायबारे जानकारी प्रदान गरिएको थियो ।
सानै उमेरदेखि बालबालिकामा दन्त स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने र दाँत तथा मुखसम्बन्धी समस्याको समयमै पहिचान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको विद्यालयले शिक्षक शिव शंकर बस्यालले बताए ।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




