
सुदूरपश्चिम, ७ माघ । धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सगरमाथा सिमेन्टबीच एकेडेमीको स्तरोन्नति तथा क्रिकेट विकासमा सहकार्य गर्न तीन वर्षका लागि पुनःप्रायोजन सहयोग सम्झौता गरिएको छ । घोराही सिमेन्ट उद्योगका तर्फबाट ‘मार्केटिङ’ प्रमुख प्रतिक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीबीच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौताअनुसार तीन वर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यकपर्ने खेल सामग्री, आयोजना गर्ने प्रतियोगिता, ‘ग्रास रुट’ कार्यक्रमलगायत सम्पूर्ण कार्यलाई सगरमाथा सिमेन्टले सहयोग गर्नेछ । यस्तै धनगढी क्रिकेट एकेडेमीले प्रयोग गर्ने जर्सी, आयोजना गर्ने प्रतियोगितामा सिमेन्टको लोगो प्रयोग गरिने जनाइएको छ ।
नेपाली क्रिकेटलाई ‘फ्रेन्चाइजी’ युगमा प्रवेश गराउँदै देशमा पहिलो पटक धनगढीबाट व्यावसायिक क्रिकेट प्रतियोगिता सञ्चालन गरेको डिसिएले यसअघि ‘धनगढी प्रिमियर लिग’(डिपिएल)का तीन संस्करण पूरा गरिसकेको छ । धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउन सगरमाथा सिमेन्टको योगदान महत्वपूर्ण रहेको एकेडेमीका अध्यक्ष शाहीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




