व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका देवराजलाई

-



     सफल आवाज    
     माघ १६ गते २०७७ मा प्रकाशित



तनहुँ, १६ माघ । व्यास नगरपालिकाले आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महताराले जितेका छन् ।

व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि ३ घण्टा ३ मिनेट ५१ सेकेन्डमा पार गर्दै महतराले जितेका हुन् ।

कालीकोट निवासी महतरा गत वर्ष आयोजित तेस्रो अल्ट्रा म्याराथनमा द्वितीय भएका थिए ।

म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङ राई द्वितीय र रामेछाप निवासी त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवार तृतीय भए ।

राईले सो दूरी ३ घण्टा मिनेट १ सेकेन्डमा र सुनुवारले ३ घण्टा १० मिनेट ५ सेकेन्डमा पार गरेका हुन् । द्वितीय हुने राई गत वर्षको विजेता हुन्।

प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँचजनाले रु १६ हजार ७७ नगद पुरस्कार प्राप्त गरेका छन् ।