
पोखरा, १७ माघ । काठमाडौं बाहिर आयोजना हुने फुटबल प्रतियोगिताहरु मध्ये सर्वाधिक लाेकप्रिय आहा राहा गोल्डकपको १९ औं संस्करण आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७७, चैत्र महिनाको १७ गतेदेखि २८ गतेसम्म हुने भएको छ ।
आज पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी चैत्र १७ गतेदेखि २८ गतेसम्म पोखरा रंगशालामा आयोजना गरिने आयोजक सहारा क्लव पाेखराले जानकारी दिएको हो ।

कल्वका अध्यक्ष केशव बहादुर थापाले १९ औं संस्करणको आहा रारा गोल्डकपको लागि अखिल नेपाल फुटबल संघ एन्फाले खेल तालिका उपलव्ध गराएपछि प्रतियोगिता आयोजना गर्नका लागि सहारा क्लवले तयारी शुरू गरेको बताएका छन् ।
प्रतियोगितामा विदेशी टोली, ए डिभिजन क्लवहरु तथा आयोजक सहारा क्लवको टोलीले सहभागिता जनाउने भएका छन् । ”खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने मूलमन्त्रसहित आयोजना हुने प्रतियोगिता यो पटक राष्ट्रिय फुटबल टोली एशियन कपको छनौट चरणको खेलको तयारीमा रहेको कारण केहि पछि सरेकाे बताईएको छ ।
अध्यक्ष थापाका अनुसार प्रतियोगिता आयोजना गर्नुको मुख्य कारण पोखरा १७ दोबिल्लामा क्लबले संचालन गरिरहेको सहारा एकेडेमिको संचालन निरन्तरताका लागि हो । प्रतियोगिताबाट भएको आम्दानी तथा दाताहरुबाट आएको सहयोग एकेडेमीको व्यवस्थापनकाे लागि खर्च हुँदै आएको छ । जहाँ १४ जिल्लाका २४ जना बालकले फुटबलको प्रशिक्षण लिईरहेका छन् । उनीहरुको लागि निःशुल्क रुपमा शिक्षा, बसोबास, स्वास्थ्य लगायतका सुविधा क्लवले आवासीय रुपमा प्रदान गर्दै आएको क्लबका महासचिब रामजीप्रसाद अधिकारीले बताए ।
१९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी हुने र १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने क्लवले अनुमान गरेकाे छ । गएको वर्ष १८ औं संस्करणको फाईनलमा चीरपरिचित क्लव मनाङ मस्र्याङदीले विभागिय टोली नेपाल पुलिसलाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।
प्रतियोगितालाई शुरु संस्करणदेखि नै हिमश्री फुड्सको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन हुँदै आएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




