प्रधानमन्त्री ओलीले गरे पोखरा रंगशाला अवलोकन

-



     सफल आवाज    
     फागुन १७ गते २०७७ मा प्रकाशित



पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरा रंगशाला अवलोकन गरेका छन् ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका उनले राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेतको हैशियतमा पोखरा रंगशालामा निर्माणाधीन विभिन्न खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका हुन् ।

रंगशालामा उनलाई राखेप सदस्य सचिव, सदस्य, खेलकुदकर्मी लगायतले भव्य स्वागत तथा सम्मान गरेका थिए ।

रंगशालामा निर्माण भैसकेका विभिन्न संरचनाप्रति खुसी व्यक्त गर्दै उनले निर्माणाधीन संरचना पूरा गर्न बजेटको अभाव हुन नदिइने आश्वासन दिए ।

ओलीको पोखरा रंगशाला अवलोकनपछि आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक खेलकुदका पूर्वाधार निर्माणमा बल पुग्ने पोखरेलीको अपेक्षा छ ।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालका अनुसार प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रंगशाला, भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, टेनिस कोर्ट, बहुउद्देश्शीय कभर्ड हल लगायतका खेल पूर्वाधार अवलोकन गरेका हुन् ।