
काठमाडौं, २२ फागुन । बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमी काठमाडौँमा जारी नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगितामा आ आफ्नो खेलमा विजयी भएका छन् । धुम्बाराहीस्थित पाकिस्तानी राजदूतावासको मैदानमा आज भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई नौ विकेटले पराजित गरेको हो ।
मैदान ओसिलो भएका कारण खेललाई १० ओभरमा सिमित गरिएको थियो । टस जितेर ब्याटिङ गरेको बलपार्कले १० ओभरमा दुई विकेट गुमाएर १०८ रन बनायो । बलपार्कले दिएको १०९ रनको विजय लक्ष्य बालुवाटारले आठ ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो । बालुवाटारका लागि इन्द्र कमलले अविजित ६९ रनको योगदान दिनुभयो ।
आजै भएको अर्को खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई ६ विकेटले पराजित गर्यो । पहिला ब्याटिङ गरेको पुल्चोकले सवै विकेटको क्षतिमा १७० रन बनायो । एक सय ७१ रनको विजय लक्ष्य ग्रेट हिमालयले चार विकेटको क्षतिमा पूरा ग¥यो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




