
काठमाडौं, २ चैत । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा मनोहरा युनाइटेड विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनोहराले महावीर क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।
खेलको १९औँ मिनेटमा मनोहराका लागि प्रकाश सिंहले पहिलो गोल गरेका थिए । खेलको २२औँ मिनेटमा विनय खड्काले गोल गर्दै मनोहरालाई २–० को अवस्थामा पु¥याए । यस्तै खेलको २७औँ मिनेटमा राम ढकालले महावीर क्लबका लागि पहिलो गोल गरे । यस्तै खेलको ५४औँ मिनेटमा महावीरका गोलकिपर आमोस टुडुले रातो कार्ड पाए । त्यसपछि महावीर १० खेलाडीमा सीमित बन्न पुग्यो ।
यसैगरी खेलको ८१औँ मिनेटमा महावीरका लागि रोमन तामाङले गोल गर्दै खेललाई २–२ को बराबरीमा पु¥याए । यसैगरी खेलको ८७औँ मिनेटमा मनोहराका लागि सुनिल लामाले गोल गर्दै आफ्नो टोलीलाई जीत दिलाए । जीतसँगै मनोहोराले तीन अङ्क जोडेको छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




