
पोखरा, १४ चैत । १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत १० किमी दौडमा पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ फूलमति रानाले उपाधि जितेका छन् ।
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको प्रतियोगितामा भारतीय सेनामा कार्यरत तीर्थ पुनले ३३ मिनेट ३३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै उपाधि जितेका हुन् । त्यस्तै नेपाली सेनाका जितेन्द्र दनुवार (३४ मिनेट ७ सेकण्ड) र काठमाडौंका शिवबहादुर रायमाझी (३४ मिनेट २२ सेकेण्ड) तेस्रो भए । उनीहरुले क्रमशः १५, १० र ५ हजार रुपैयाँसहित मेडल जिते ।
महिलातर्फ उपाधि विजेता सशस्त्र प्रहरी बलकी फूलमती रानाले ४० मिनेट ५२ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । धरानकी छेन्वी राई (४२ मिनेट १ सेकेण्ड) र सशस्त्र प्रहरी बलकी आशा रावत (४३ मिनेट ५२ सेकेण्ड) दोस्रो र तेस्रो भए । प्रथम, दोस्रो र तेस्रोले क्रमशः १५, १० र ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन् ।

पोखरा रंगशालाबाट सुरु दौडको शुभारम्भ पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले गरेका गरेका थिए । उनले दौडमा भाग लिएका ७४ वर्षीय टंकबहादुर श्रेष्ठको हौसलाको कदर गर्दै नगद १० हजार प्रदान गर्ने घोषणा गरे । धावकले पोखराका विभिन्न भाग परिक्रमा गरी चिप्लेढुंगा पुगेर समापन गरेका थिए । प्रतियोगितामा विभिन्न १७ जिल्लाका पुरुषतर्फ ४ सय ३९ र महिलातर्फ ८३ जना धावकले भाग लिएको आयोजक मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए।
पोखरा म्याराथन अन्तर्गत आगामी ४ वैशाखमा ५ किमी छात्रछात्रा दौड हुनेछ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




