डिफेन्डिङ च्याम्पियन मनाङ पराजित

-


     सफल आवाज    
     चैत्र २३ गते २०७७ मा प्रकाशित


पोखरा, २३ चैत । डिफिेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब १९ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।

पोखरा रंगशालामा सोमबार तेस्रो क्वार्टरफाइनलमा मनाङको चुनौती संकटा क्लबले १–० ले पन्छाउन सफल भएको हो ।

खेलमा संकटाका लागि अफ्रिकन खेलाडी फोफोना नायक बने । खेलको ४४ औं मिनेटमा उनले सिधै भली हान्दै विपक्षीको गोलपोस्टको जाली चुमाउन सफल भएका थिए । पहिलो हाफको अन्त्यतिर संकटाले लिएको १–० को अग्रता निर्धारित ९० मिनेटसम्म कायम हुँदा संकटाले साविक विजेता मनाङलाई घर पठाउन काफी भएको थियो ।

खेलमा अमित तामाङले फ्रिकिकलाई मैदानको दायाँ भागमा सुवास गुरुङलाई पास उपलब्ध गराएका थिए । सोही बल मनाङका खेलाडीबाट फर्केको बल फोफोनालाई गोलको अवसर जुरेको हो । प्रतियोगितामा फोफोना म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार जिते । जितसँगै संकटाले पहिलो सेमिफाइनल खेल एपीएफ क्लबसँग खेल्नेछ ।

सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा मनाङ ६ पटकको च्याम्पियन हो । मंगलबारको खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लब बीच हुने आयोजकले जनाएको छ ।