
पोखरा, २८ चैत । १९ औं संस्करणको आहा ! रारा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ ।
पोखरा रंगशालामा शनिबार फाइनलमा संकटाले अफ्रिकन रुट एसोसिएसन, क्यामरुनलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
जितका लागि पेनाल्टी सुटआउमाट संकटाका लागि अमित तामाङ, सुवास गुरुङ, नेराज बस्नेत र आयुष घलानले गोल गरेका थिए । सरोज दाहालकै प्रहार विपक्षी किपरले बचाए ।
उता, अफ्रिकन रुट एसोसिएसनका एमबाकोपको प्रहार विपक्षी किपर राजाबाबु थापाले उत्कृष्ट सेफ गरे भने कुटीको पहिलो प्रहार नै खेर गएको थियो । उसका लागि यानिक र रिमलेमात्र बललाई जाली चुमाउन सके । विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख पुरस्कार पाए ।
प्रतियोगितामा संकटाका किपर राजाबाबु थापा उत्कृष्ट खेलाडी घोषित हुँदै स्कुटर चढे । विधागत उपाधि पनि संकटाको पक्षमा धेरै गयो । जसमा राजाबाबु थापा उत्कृष्ट कीपर, नेराज बस्नेत उत्कृष्ट डिफेन्डर घोषित हुँदा अफ्रिकनका रिम उत्कृष्ट मिडफिल्डर, बसिक उत्कृष्ट स्ट्राइकर र सर्ज बोरिस उत्कृष्ट कोच घोषित भए ।
हाइ स्कोररको उपाधि ४ जनाले बाँडेर लिए । जसमा नेपाल प्रहरी क्लबका बुद्धबल लामा, संकटाका ग्लोरी, अफ्रिकन रुट्सका मौसा र बसिक हुन् ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेटमा दुवै पक्षबाट गोल हुन नसक्दा पेनाल्टी सुट आउटको सहयोग लिनुपरेको हो । ९० मिनेटको खेलमा अफ्रिकन रुट्सका लागि ज्याकस बसिकले पहिलो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाएकोमा दोस्रो हाफको सुरुवातमै संकटाका लागि विदेशी खेलाडी ग्लोरीले बराबरी गोल फर्काएका हुन् । छैटौ पटकसम्मको सहभागितामा संकटा यसअघि सेमिफाइनलबाटै बाहिरिएको थियो ।
विजेतालाई प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ लगायतले पुरस्कार प्रदान गरे।
हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा गत चैत २१ देखि सुरु प्रतियोगितामा ८ टिमले भाग लिएका थिए । गत वर्ष मनाङ मस्र्याङ्दीले उपाधि जितेको थियो । तस्विर : अशेष शाक्य








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




