गण्डकी प्रदेश खेलकुद परिषदमा मनोनयन

-



     सफल आवाज    
     वैशाख ६ गते २०७८ मा प्रकाशित



पोखरा, ६ वैशाख । गण्डकी प्रदेश खेलकुद परिषद्लाई पूर्णता दिएसँगै परिषद् उपाध्यक्षमा नारायण पुन मनोनीत भएका छन् ।

प्रदेश सरकारबाट परिषद्मा मनोनीत परिषद सदस्यमा गिरमान गुरुङ, बासु बराल, दिलबहादुर गुरुङ, रामचन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापामगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, ज्ञानबहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, वसन्त दवाडी, ऋषि गौतम, निर्मला बराल र केशव पाठक छन् ।

यस्तै, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्षमा तोरणबहादुर बानियाँ मनोनीत भए । समिति उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिव भीम पराजुली, कोषाध्यक्ष कञ्चन थापा कोइरालालाई मनोनयन गरिएको छ ।

खेलकुद परिषद् सदस्य सचिवमा प्रदेश सरकारले यसअघि तेज गुरुङलाई चयन गरेको थियो ।