
हेटौंडा, ६ जेठ । राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी छ । बिहान ९ बजे वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेर प्रक्रिया शुरु गरेका हुन् ।
हेटौँडाको भूटनदेवी माविमा निर्धारण गरिएको निर्वाचन केन्द्रमा प्रदेशसभा सदस्यका लागि उपकेन्द्र ‘क’, स्थानीय तहका प्रमुख उपप्रमुखका लागि ‘ख’ र कोरोना सङ्क्रमित मतदाताका लागि ‘ग’ गरी तीनवटा उपकेन्द्र निर्धारण गरिएको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्य १ सय १० मध्ये १ सय ९ र स्थानीय तहका २ सय ३८ गरी जम्मा ३ सय ४७ मतदाता छन् ।
प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहने व्यवस्था छ।






काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



