
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian Federation of Accountants – SAFA) द्वारा आयोजित ‘SAFA Best Presented Annual Report Awards 2025’ अन्तर्गत वित्तीय सेवा क्षेत्र विधामा ‘Certificate of Merit’ बाट सम्मानित भएको छ।
सन् २०२६ नोभेम्बर २८ तारिखमा बङ्गलादेशको ढाकामा द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बङ्गलादेश (ICAB) को आतिथ्यतामा आयोजित समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
SAFA दक्षिण एसियाली मुलुकका व्यावसायिक लेखा संस्थाहरूको साझा अन्तर्राष्ट्रिय महासंघ हो। यस संस्थाले लेखा तथा वित्तीय प्रतिवेदनको गुणस्तर अभिवृद्धि, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा व्यावसायिक उत्कृष्टता प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
यसअघि बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा आयोजित ‘National Best Presented Annual Report Award 2025’ अन्तर्गत वित्तीय सेवा क्षेत्र विधामा ‘Silver Award’ प्राप्त गरेको थियो। अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यस सम्मानले विकास बैंकको वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, संस्थागत सुशासन तथा जवाफदेहिताप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।
हालै आफ्नो २०औँ वार्षिकोत्सव मनाएको गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा, नवीनतम प्रविधिको प्रयोग, ग्राहक सन्तुष्टि तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ।
स्थापनाकालदेखि नै सुरक्षित, विश्वसनीय, आधुनिक तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेका यस्ता सम्मानबाट आगामी दिनमा थप उत्कृष्ट सेवा प्रदान गर्न एवं संस्थागत सुशासन र वित्तीय पारदर्शिताका उच्च मापदण्ड कायम राख्न थप हौसमा मिलेको बताइएकाे छ।






काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडौँ, १३ मंसिर । सुदूरपश्चिमको कला, संस्कृति, स्थानीय पहिचान र व्यापारलाई एउटै थलोमा जोड्दै आएको… 



