
काठमाडाैं, १३ मङ्सिर। नेपाल मर्चेण्ट बैंकर्स संघको १७औँ वार्षिक साधारण सभाले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
गत शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित आगन्तुक रिसोर्ट मा सम्पन्न साधारण सभाले संघको नयाँ नेतृत्व चयन गरेको हो।
नवनिर्वाचित कार्यसमिति विवरण
| पद | नाम | आबद्ध संस्था |
| अध्यक्ष | मनीष नारायण जोशी | नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड |
| उपाध्यक्ष | दिपेश कुमार वैद्य | एनएमबि क्यापिटल लिमिटेड |
| महासचिव | शिवान्त बहादुर पाँडे | एनआईएमबि एस क्यापिटल लिमिटेड |
| कोषाध्यक्ष | पुष्प शर्मा | कुमारी क्यापिटल लिमिटेड |
| सदस्य | सन्दीप कार्की | सिद्धार्थ क्यापिटल लिमिटेड |
| सदस्य | मन्दिप लुइँटेल | ग्लोबल आइएमई क्यापिटल लिमिटेड |
| सदस्य | अर्पण खनाल | नेशनल क्यापिटल लिमिटेड |
साधारण सभाका मुख्य निर्णय र भावी प्रतिबद्धता
- वित्तीय विवरण र बजेट पारित: सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक गतिविधि तथा कार्यसम्पादनको समीक्षा गर्दै लेखापरीक्षण गरिएको वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट र प्रस्तावित कार्यक्रमहरूसमेत अनुमोदन गरेको छ।
- पूँजी बजार सुधारको प्रतिबद्धता: नवनिर्वाचित कार्यसमितिले नेपालको पूँजी बजारलाई थप सुदृढ बनाउने, सदस्य संस्थाहरूबीच सहकार्य अभिवृद्धि गर्ने र दिगो वित्तीय अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।
- नियामकसँग समन्वय: समितिले नियामक निकायहरूसँग रचनात्मक सहकार्य गर्दै मर्चेण्ट बैंकिङ क्षेत्रको संस्थागत तथा व्यावसायिक विकासमा सक्रिय योगदान पुर्याउने अठोट व्यक्त गरेको छ।






काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



